ठूला र महंगा अटो निर्माता कम्पनीहरु धमाधन इलेक्ट्रीक सवारी साधन निर्माणमा जुटेका छन् । यी कम्पनीहरुले कार मात्र नभएर अब मास ट्रान्स्र्पोटमा प्रयोग हुने ठूला बसहरुसमेत निर्माणमा हात हालेका छन् ।
जर्मन कार सवारीसाधन उत्पादक कम्पनी मर्सिडिज बेन्जले अल–इलेक्ट्रिक सिटी बसको रुपमा ई–सिटारो ल्याएको छ ।
ई–सिटारो संसारमै सर्बाधिक बिक्री हुने लग्जरी सिटी बस सिटारोमा आधारित छ । तर ई–सिटारोको बडी भने रिडिजाइन गरिएको छ ।
ई–सिटारोको अघिल्लो भागमा मर्सिडिज बेन्जको लोगो अलि ठूलो छ । यो थ्री डाइमेन्सनल डेकोरेटिभ ट्रिम र ग्लसी सरफेस सहितको छ । यसको रुफमा पनि विभिन्न इक्विपमेन्टहरु मिलाएर राखिएका छन् ।
बसको पछिल्लो भाग र रुफमा समेत लिथियम आयोन ब्याट्री प्याक राखिएको छ । यसलाई विभिन्न दश मोड्युलमा विभाजन गरिएको छ । प्रत्येकले २५ किलोवाटका दरले सबै गरी करिब २४३ किलोवाट आवर क्षमता छ ।
सिष्टमले सबै गरी ३३५ एचपी पावर र ९७० एनएम टर्क प्रदान गर्छ । ई–सिटारो बसको तौल १३.४४ टन छ । यसको पेलोड ६ टन भन्दा बढी छ । यसको अर्थ करिब ८५ देखि ९० यात्रीलाई यसले बोक्न सक्छ ।

