काठमाडौं । मोटरसाइकलको बीमा गरेरपनि औसत मोटरसाइकल चालक नियमित चिन्तित हुने गरेका छन् ।
मोटरसाइकल चलाउने क्रममा दुर्घटनावश तपाई लड्नुभयो , तपाईंको मोटरसाइकल धेरै क्षतिग्रस्त भयो वा तपाईंको बाईक चोरी भए यी कुराबाट सहज पारपाउन बीमालेख किन्नुहोस् ।
धेरैजसो मानिसमा मोटरसाइकलको बीमा गरेपनि कुन अबस्थामा, कसरी दाबी गर्ने र क्षतीपूर्ती पर्प्त गर्ने भन्ने प्रक्रियाको बारेमा अन्योल भेटिन्छ । मुख्यत बीमा जोखिम हस्तान्तरण हो, जस्ले गर्दा तपांईको नोक्सानीको कारण हस्तान्तरित जोखिम भएको अबस्थामा मात्र बीमा दावी गर्न मिल्दछ ।
तपांईले यदि कुनै ब्याबशायिक अभिकर्ता मार्फत वीमा गर्नु भइको अबस्थामा जब दाबी गर्नु पर्ने समय आउँछ, निश्चित हुर्नुहोस् बीमा अभिकर्ता (एजेन्ट) तपाइँको लागि सहयोग गर्न तयार हुनेछन। ती एजेन्टहरुले तपाईलाई दावी सँग संबन्धित प्रकृयाको बारेमा जानकारी गराउने छन्, जुन तपाईंको दावीलाई सकेसम्म चाँडै समाधान गर्न सहयोगी बन्ने छ ।
यदि तपाईं गम्भीर दुर्घटनामा पर्नुभयो भने पहिला सुनिश्चित गर्नुहोस् कि तपाईं सडकबाट सुरक्षित हुनुहुन्छ । त्यसपछि अरूलाई फोन गर्नुस् । दुर्घटनाको बारे स्थानीय पुलिसलाई सम्पर्क गर्नुहोस । अन्य पक्षहरूसँग कुराकानीगर्दा टकरावको वातावरण नबनाउनुहोस् । दुर्घटनाको कुनै पनि कारण हुन सक्छ, जुन तपाईंले महशुस नगर्न सक्नु हुन्छ । यो दुर्घटना बीमाको कारण निर्धारण गर्न बीमा कम्पनीहरुको लागि महत्वपूर्ण हुन्छ । दुर्घटनाको संभव भएसम्म तत्काल आफ्नो बीमा कंपनीमा जानकारी गराउनु होस। आजकाल केही बीमा कंपनीले फोन मार्फत चौबिसै घण्टा बीमा दावीको जानकारी लिने गरेका छन। ति कंपनीका प्राबिधिकहरु बाट यस असहज अबस्थामा प्राप्त हुने सुझावले तपाईलाई धेरै सहजता गराउनेछ। तिनिहरुबाट प्राप्त हुने सुझाव अनुसार आफ्ना भावि प्रकृयाहरु निर्धारण गर्नुहोस।
सर्भेयरले सिफारिस गरेपछि, तपाईंको बीमा कम्पनीले सर्भेयरबाट प्राप्त पर्तिवेदन, दुर्घटनाको कारण, तपाईंबाट लिईएको वीमालेखमा कायम रहेको प्राबधान तथा अपवादको अधिनमा रही क्षतीपूर्तीको समीक्षा गर्नेछ ।
मोटरसाइकल बीमा लेखहरू बुझ्न अफ्ठ्यारा हुंदैनन। त्यसमा कुन कुन जोखिम बहन गरिएको छ र दाविको समयमा कंपनीमा तत्काल जानकारी गराउनु पर्ने कुरा स्पष्ट लेखिएको हुन्छ । यदी घटनामा अन्य सवारीहरू संलग्न छन् भने, घटनामा संलग्न सबैसँग सम्पर्क गरी बीमा कम्पनीले जानकारी संकलन गर्छ । तपाईंको मोटरसाइकललाई क्षति पुर्याउनुको साथै अन्य सवारीहरूमा कुनै पनि क्षति भएको छ भने फोटो लिनुहोस् । तपाईको सही जानकारीले कुनै अन्य झूटादावीगर्नेलाई रोक्न सहयोग गर्ने छ । फोटो लिदा पहिचानकर्ता वा सडक चिन्ह र स्थल चिन्हहरू समावेश गर्नुहोस् ।
दुर्घटनामा पर्दा यदि अरू कसैलाई केहि भयो भने उनीहरूलाई सोधेर निश्चित गर्नुस् । उनीहरूको सम्पर्क नम्बर र जानकारी रेकर्ड गर्नुहोस् । पुलिससँग बोल्दा, स्पष्ट र राम्रोसँग घटनाको बिषयमा बताउनुस् ।मोटरसाइकल चोरी भएको होभने, तपाईलाई थाहा भएको सबै डकुमेन्ट खुलाउनुस्, तपाईको बाइक पत्ता लगाउन त्यो कुरा सहयोगी होस् ।
दाबी प्रक्रिया सुरु गर्न तपाईंको एजेन्टलाई सम्पर्क गर्नुहोस् वा बीमा कंपनीमा तत्काल संपर्क गर्नुहोस। ढिलो जानकारी गराउंदा तपाईको दावि बीमा कंपनिबाट अस्विकृत पनि हुन सक्दछ। दावी संबन्धी प्रहरी रिपोर्ट, क्षतिको फोटोहरू रअन्य आबश्यक कागजात बनेपछि तपाईंको बीमा कंपनी वा सो बाट दावी संबन्धमा नियुक्त गरिएको सर्भेयरलाई उपलब्ध गराउनुहोस।
दाबी कसरी गर्ने ?
तपाईंले घटनाको जानकारी तत्काल आफ्नो बीमा कंपनिमा गराउनु पर्छ। सो पश्चात कंपनीका प्राविधिक वा कंपनीबाट दुर्घटना वा चोरी संबन्धमा नियुक्त गरिएका सर्भेयरबाट प्राप्त सुझाव अनुसार अबश्यक कागजातहरु तयार गर्नु होस र तिनलाई उपलब्ध गराउनु होस। यस्ले तपाइँको दावी प्रक्रिया सरल, सहज र यथाशक्य छिटो संपन्न गर्न मद्दत पुर्याउनेछ ।
यस्ता छन् दाबीका चरणहरु
निरीक्षणः दावी प्रक्रियाको पहिलो भाग क्षति वा हानिको प्रमाण हो । यदि तपाईंको मोटरसाइकल बिग्रिएको छ भने, दावी कंपनिका पर्विधिक वा नियुक्त सर्भेयरले ग्यारेजमा वा बिक्री केन्द्रमा सम्पर्क गर्नेछ र वर्कसपसंग बाइक मर्मतकोलागत निर्धारण गर्न लगाउने छ । चोरिको हकमा सो घटना संबन्धमा आबशयक अनुसन्धान संपन्न गरि नोक्सानीको वृस्तित प्रतिवेदन कंपनीलाई बुझाउने छ।
सर्भेयरको सिफारिस
क्षतिको समीक्षा पछि, सर्भेयरले तपाईंको बीमा कम्पनीलाई रिपोर्ट सिफारिस गर्नेछ । सर्भेयरले दुर्घटनाबाट भएको क्षतिको निर्धारण गरि सो क्षतिको मर्मत खर्चको निर्धारण गरी कंपनीमा प्रतिवेदन पेश गर्नेछ। चोरिको हकमा चोरि हुनु भन्दा अघिको बाइकको चलन चल्तीको मूल्यलाई विचार गरी, सोही अनुसार चोरि भएको बाईकको ‘वास्तविक नगद मूल्य’ निर्धारण गरिन्छ जुन तपाईले वीमा गर्दाको समयमा निर्धारण गरेको बिमाङ्क भन्दा बढि हुने छैन। यदि मर्मतको लागत बाइकको मूल्य भन्दा कम छ भने, सर्भेयरले सिफारिसमा मोटरसाइकलको मर्मत सिफारीस गर्छ । यदि क्षतिले वास्तविक नगद मूल्य नाघ्यो भने, सर्भेयरले मोटरसाइकलको पुर्ण क्षति सिफारिस गर्दछ।
क्षतीपूर्ती समीक्षा र सम्झौता
सर्भेयरले सिफारिस गरेपछि, तपाईंको बीमा कम्पनीले सर्भेयरबाट प्राप्त पर्तिवेदन, दुर्घटनाको कारण, तपाईंबाट लिईएको वीमालेखमा कायम रहेको प्राबधान तथा अपवादको अधिनमा रही क्षतीपूर्तीको समीक्षा गर्नेछ । तेश्रो पक्ष दाविको हकमा यदि तपाइँ दुर्घटनाको जिम्मेवार हुनुहुन्छ भने, तपाईंको बीमा कम्पनीले तपाईंको दायित्वको क्षतीपूर्ती माथी छलफल गर्नेछ । यस पश्चात, तपाईंको बीमा कम्पनीले क्षतिपुर्तीको लागि प्रस्ताव गर्छ र तपाईंको बीमालेख अन्तर्गत कुनैपनि चिकित्सा भुक्तानीको लागि कागजी कार्यलाई संकलन गर्छ । तेश्रो पक्ष संपतीको क्षतिको दाविको हकमा यो उक्त क्षतिको लागि बिमक कानुनी रुपमा जिम्मेबार देखिएको अबस्थामा उक्त क्षक्तिको को मूल्य र मर्मतको लागतमा निर्भरहुनेछ ।
तपाईं कसरी नक्कली रिपोर्ट गर्नुहुन्छ ?
बीमा दावीमा सवैभन्दा समस्या नक्कली दावी गर्ने र क्षतीपूर्तीको लागि धाउनेहरु हुने गरेका छन् । केही सामान्य नक्कली घटनाहरू बनाएर मानिसहरू दावी गर्छन् । नेपालमा कुनै आधिकारीक तथ्यांक नभएता पनि यस प्रकारको दाविको हिस्सा उल्लेख्य रहेको अनुमान गर्न सकिन्छ। हरेक वर्ष अनुमानित ४० बिलियन डलर बराबरको नक्कली बीमा दाबी हुनेगरेको बिभिन्न तथ्यांकहरुले देखाएका छन् । यस प्रकारको नक्कली वीमा दाविको भुक्तानीको कारण बीमा ग्राहकहरूको लागिवीमा शुल्क महंगो हुन जाने हुन्छ ।
दावी कहिले अस्वीकार गरिन्छ ?
तपाईले तेश्रो पक्ष बीमा मात्र गर्नु भएको अवस्थामा तपाईको मोटरसाइकलको क्षति संबन्धी दावि लाग्दैन। तपाईको मर्मत लागत धेरै परेता पनी तपाईलाई बीमा कंपनीबाट प्राप्त हुने रकम थोरै हुने गर्दछ यस्को कारण तपाईले लिनु भएको बीमा लेखमा कायम रहेका प्राबधानहरुका कारण हुने गर्दछ। वीमालेखमा बहन गरिएका जोखिमहरुको अधिनमा रहि दावीहरू अस्विकार पनि हुन सक्छ। यस संबन्धी जानकारी कम्पनीका प्राविधिक वा सर्भेयरबाट प्राप्त गर्न सकिन्छ । यसबाट पनि तपाईलाई चित नबुझेको अबस्थामा तपाईले यस संबन्धी कानुनी उपचार रोज्न सक्नु हुनेछ।