काठमाडौं । सरकारले गएको चैतमा ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले आज देशभर सवारीसाधन ठप्प पारेका छन् ।
यातायात व्यवसायीले सवारी नचलाउँदा लामो तथा छोटो दुरीका यात्रुहरु बिचल्लीमा परेका छन् । सरकार आफूसँग यातायातको साधन नहुँदा व्यवसायीको मनोमानी रहँदै आएको थियो, जुन आज सडकमा असरल्लै देखिन्थ्यो ।
यातायात व्यवसायीले चालेको कदम प्रति सरकारले के एक्सन लिन्छ त्यसले पनि अबको व्यवसायीको आन्दोलन निर्भर रहन्छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंगले आज (बैशाख २१ गते) एक दिन आफ्ना सवारी साधन घर÷ग्यारेजमा राख्ने र त्यसो गर्दा पनि सरकारले आफूहरुले राखेका माग पूरा नगरे बैशाख २७ गतेदेखि अनिश्चित कालसम्म सवारी साधन संचालन नगर्ने बताएका छन् ।
आन्दोलनरत यातायात व्यवसायी महासंघसंगको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले आन्दोलन स्थगित नगरि सेवा बन्द गरे सरकारले सबै खाले कारबाही प्रकृया अघि बढाउने बताएका छन् । बिहीबार साँझा व्यवसायी र सरकारबीच भएको छलफलमा मन्त्री महासेठले यस्तो बताएका हुन् ।
व्यवसायी र मन्त्रीबीच हिजो भएको छलफलमा मन्त्रीले व्यवसायीलाई कम्पनीमा जाने र सिन्डिकेट अन्त्य गर्ने बाहेकका कुरा गर्न तयार रहेको बताएको सहभागी एक अधिकारीले भने । “मन्त्रीज्यूले कम्पनीमा जाने र सिन्डिकेट अन्त्य गर्ने कुरा हो भने तपाईहरुसंग कुरा हुन सक्दैन भन्नु भयो,” ती अधिकारीले भने, “त्यसपछि व्यवसायीले अन्य कुरामा छलफल गरेको र आफूहरु महासंघ पदाधिकारीसंग छलफल गरेर निर्णय दिने भनेका थिए ।” आन्दोलन स्थगित नगरे सरकारले कानुन अनुसार कदम चाल्ने भनेपछि व्यवसायीहरु हच्किएको उनको भनाइ छ ।
सिन्डिकेट कायाम राख्न पाउनु पर्ने माग गर्दैै यातायात सेवा नै बन्द गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बन्द विरुद्ध प्रालिमा दर्ता भएका व्यवसायीहले सरकारलाई साथ दिने बताएका छन् । बिहीबार यातायात व्यवस्था विभागमा भएको छलफलमा उनीहरुले सुरक्षाको प्रत्याभुत भए सेवा संचालन गर्न तयार रहेको बताएका हुन् ।
अत्यावश्यक सेवा बन्द गरे सरकारले जफत गरेर संचालन गर्न सक्ने तथा बन्द गर्नेलाई कारबाही गर्ने व्यवस्था राजपत्रमा सूचना प्रकाशित गरि सकको छ ।
“सरकारले गरेको व्यवस्था अनुसार सेवा बन्द गर्नेलाई कारबाही गरि सेवा प्रवहाका लागि आवश्यक तयारी भइरहेको छ,” यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराइले भने, “त्यसरी बन्द गर्ने सवारीको रुट पर्मिट खारेज समेत गरिनेछ ।”
सरकारले आज व्यवसायीले गरेको आन्दोलनमा एक्सन लिन्छ वा लिँदैन केही बेरमै थाहा हुने छ । अहिले पनि सरकार पछि हट्यो र व्यवसायीले भने अनुसार नै अघि बढ्यो भने यो मुलुकमा यातायात क्षेत्रमा व्यवसायीको राज चलिनै रहन्छ र जनताले सिन्डिकेटको सास्ती खेपिनै रहनु पर्छ ।
सरकारलाइ साथ दिने ङाेषणा गरेका ब्यवसायीक फर्महरू
|
पञ्जिकृत यातायात सेवाको |
सवारीको संख्या |
सवारीको किसिम |
सिट संख्या |
बाटो इजाजत पाएको क्षेत्र |
|
नेपाल माइक्रो बस कम्पनी |
67 |
हाइस |
17 |
काठमाण्डौ–वि.पि.राजमार्ग हुँदै पूर्व |
|
शाकिरा यातायात प्रा.लि. |
50 |
मिनी बस (हायस) |
15 |
इलाम, काकडभिट्टा, विर्तामोड, |
|
सुर्खेत बुलबुले यातायात प्रा.लि. |
41 |
मिनी बस, जीप |
15 |
गौरादह, मधुमल्ला, रंगेली, धरान, विराटनगर, चतरा |
|
रोल्पा यातायात प्रा.लि. |
10 |
ए.सी. डिलक्स |
35 |
नेपालगञ्ज, दैलेख, जाजरकोट |
|
नमस्ते प्यूठान यातायात |
24 |
डिलक्स |
31 |
काठमाण्डौ–रोल्पा, रोल्पा–दाङ |
|
स्मार्ट नेपाल देऊखुरी |
13 |
डिलक्स नरमल |
32 |
काठमाण्डौ–प्यूठान |
|
देउती नागरिक यातायात |
46 |
फोर्स, हाइस |
16 |
काठमाण्डौ – दाङ, नेपालगञ्ज– रोल्पा |
|
आशीर्वाद यातायात |
17 |
मीनि बस |
31 |
सुर्खेत देखि दैलेख, |
|
घोडाघोडी यातायात सेवा |
7 |
मीनि बस |
30 |
रोल्पा– नेपालगंञ्ज रोल्पा–दाङ |
|
चुरियामाई यातायात |
16 |
सुमो फोर्स |
9,14,13 |
नयाँ बसपार्क, महाराजगंज, चावहिल, गौशाला, |
|
रातु कमला यातायात सेवा |
33 |
सुमो फोर्स |
10,13,14 |
एयरपोर्ट, सुविधानगर, नयाँ बानेश्वर, |
|
मयूर यातायात प्रा.लि. |
24 |
बस |
37 |
थापाथली, त्रिपुरेश्वर, जमल, लैनचौर, |
|
बज्रबाराही यातायात सेवा |
45 |
बस |
32 |
सोह्रखुट्टे बालाजु, |
|
शुभ विहानी यातायात सेवा |
5 |
बस ३ हाइस २ |
32, 16 |
काठमाण्डौ–जनकपुर–जलेश्वर |
|
ईन्द्रणी यातायात |
17 |
हाइस |
15 |
काठमाण्डौ – जनकपुर, काठमाण्डौ–सर्लाही |
|
रुकुम यातायात प्रा.लि. |
52 |
बस २५ जीप २७ |
32, 15 |
काठमाण्डौ चक्रपथ, |
|
नागरिक यातायात प्रा.लि. |
45 |
बस, जीप, हाईस |
37,32,16 |
टिका भैरव–रत्नपार्क, चापागाऊँ |
|
पब्लिक मेट्रो सर्भिस |
16 |
बस |
31,28 |
काठमाण्डौ – काकडभिट्टा |
|
भेरी यातायात प्रा.लि. |
35, 26 |
बस |
37, 28 |
काठमाण्डौ पूर्व |
|
लंका यातायात प्रा.लि., |
10 |
स्कारपियो |
8 |
काठमाण्डौ– रुकुम बस, जीप लोकल रुट |
|
मालीका कालिका यातायात |
26 |
डिलक्स बस |
37 |
काठमाण्डौ–नेपालगंज, नेपालगंज– रुकुम, रोल्पा |
|
सहारा यातायात प्रा.लि., |
15 |
ए.सी र डिलक्स |
28, 33 |
कोहलपुर–काठमाण्डौ, कोहलपुर–सुर्खेत, कोहलपुर–जाजरकोट |
|
टुरिष्ट बस एशोसियसन अफ |
72 |
बस |
35 |
बर्दिया गुलरिया–बुटवल, गुलरिया–काठमाण्डौ |
|
शुभकामना यातायात |
5 |
मीनि बस |
14 |
सन्धिखर्क–बुटवल |

