लाइसेन्स आवेदन दिएर बसेकाले आफ्नो लिखित र ट्रायल दिने मिति घरबाटै पत्ता लगाउन सक्ने (भिडियोसहित)

काठमाडौ । लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमती पत्र (लाइसेन्सको) लिखित तथा ट्रायल परिक्षा सुचारु भएको छ । दोस्रो चरणको निषेधाज्ञाभन्दा अगाडि अनलाइन निवेदन दिएर बसेका आवदेन कर्ताहरु आफ्नो पालो कहिले आउँछ भनेर अन्योलमा रहेका छन् ।

यसरी लामो समयसम्म बन्द रहेको कारण आवेदन कर्ताहरुको लिखित परिक्षा दिने मिति तय कहिले भएको छ भनेर हेर्न समस्या उत्पन्न भएको आवेदन कर्ताहरुको गुनासो रहेको छ ।

यातायात कार्यलयले उक्त कुराको जानकारी एसएमस मार्फत दिने भनिएता पनि हालसम्म हुन सकेको छैन । हाल, यातायात कार्यालयले आफ्नो वेवसाइटमार्फत उक्त कुराको जानकारी लिन सकिने बनाएको भएतापनि आवेदन कर्ताहरु माझ उक्त कुराको जानकारी पुग्न भने सकेको छैन ।

कतिपय आवेदन कर्ताहरुको मिति लिखित परिक्षा दिने मिति नाघिसकेपछि मात्र जानकारी पाएको भन्दै यातायात कार्यालयमा आउने गरेका छन् ।

यसरी हेर्नुहोस् आफ्नो आवेदन दिने मिति

यदि तपाईँले निषेधाज्ञा पहिले नै अनलाइन आवेदन दिएर बस्नु भएको छ भने तपाईँले यातायात व्यवस्था विभागको वेवसाइटमा गएर आफ्नो सम्पुर्ण जानकारी लिन सक्नु हुन्छ ।

त्यसका लागि www.dotm.gov.np लगइन गरेर तपाइले आफ्नो रेफरेन्स नम्वरको सहायताले आफ्नो लिखित परिक्षाको लागि राजश्व तिर्ने मिति पत्ता लगाउन सकिनेछ ।

भिडियोमा हेर्नुहोस्


Back_to_top