‘एमजी पाइलट’ फिचर थप भएर आयो जेडएस इलेक्ट्रीक, सिटमा पनि परिवर्तन

काठमाडौं । नेपालमा सर्वाधिक विक्री हुने इलेक्ट्रीक एसयूभीमा नयाँ फिचर थप भएर आएको छ । कम्पनीले यसमा ‘एमजी पाइलट’ फिचर दिएको हो ।

‘एमजी पाइलट’ पूर्णत सुरक्षा सहायताको लागि प्रदान गरिएको प्रविधि हो । यसको प्रयोगले गाडी चालकको आत्मवल उच्च हुने र सडकमा निकै राम्रो ड्राइभिङ अनुभव लिन सकिने छ ।

एमजी पाइलट टेक्नोलोजीमा एक्टीभ इमेर्जेन्सी ब्रेकिङ, लेन किप एसिस्ट, एडप्टीभ क्रुज कन्ट्रोल, ट्राफिक जाम एसिस्ट, व्ल्याइन्ड स्पर्ट मोनिटरिङ, इन्टेलिजेन्ट हाइबीम एसिस्ट, इन्टेलिजेन्ट स्पीड लिमिट एसिस्ट जस्ता सुरक्षा फिचर ग्राहकले पाउने छन् ।

नेपाल आएको नयाँ फिचरसहितको इजेडएसमा १९ किलोमिटरभन्दा माथिको स्पीडमा इमेर्जेन्सी ब्रेकिङ सक्रिय हुन्छ ।

यसका साथै, नयाँ एमजीमा अगाडिका दुई सिट ग्राहकले थप प्रिमियम पाउने छन् । इजेडएसको अगाडि प्रयोग भएको दुबै सिटलाई यात्रु र चालकको अवस्यकता अनुसार तातो र चिसो बनाउन सकिन्छ ।

सुरक्षा फिचर थप भएर आएको भएपनि कम्पनीले यसको मूल्यमा कुनै परिवर्तन गरेको छैन । पारामाउन्ट मोटर्सले ५० लाख ९९ हजार मूल्य तोकेर यसको विक्री वितरण गर्दै आएको छ ।

स्टाइलिस डिजाइन, उत्कृष्ट फिचर र दमदार रोड प्रिजेन्सको कारण इजेडएस किन्ने ग्राहक बढ्दै गएका छन् ।

 


Back_to_top