काठमाडौं । स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले दसैंतिहारलक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ‘ड्राइभ इन फेस्टिभ ह्विथ स्कोडा कुशक’ नाम दिइएको यो योजना अन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरी मात्र ९ प्रतिशत ब्याजदरमा नयाँ कुशक किन्न पाउने योजना ल्याएको एमएडब्लूले जनाएको छ । सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने कम्पनीले जनाएको छ । स्कोडा ¥यापिड र क्यारोकमा पनि एमएडब्लूले विशेष योजना ल्याएको छ ।
ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बीमा, निःशुल्क एसेसोरिज, १ वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउन. छन् ।
नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरियन्ट उपलब्ध छ । विश्वमै लोकप्रिय टिएसआई प्रविधि भएको १.० लिटरको इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ ।
दुई महिनाअघि सार्वजनिक गरिएको स्कोडा कुशाकलाई कारपारखी माझ स्थापित भइसकेको छ । बिल्ड क्यालिटी, सिम्प्ली क्लेभर फिचर, बेजोड सुरक्षा र ड्राइभिंग फनका कारण स्कोडाका कार निकै लोकप्रिय छन् ।

