काठमाडौं । फोर्डको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले भारतमा उत्पादन हुने इन्डेभरको स्थानमा थाइल्याण्डमा उत्पादन हुने एभरेष्ट नेपाल ल्याउने भएको छ ।
एक्कासी फोर्डले भारतमा उत्पादन बन्द गर्ने घोषणा गरेसँगै जीओ अटोमोबाइल्सले थाइल्याण्डमा बनेको एभरेष्टको बुकिङ खुला गरेको हो । भारतमा इन्डेभर उत्पादनअघि पनि नेपालमा फोर्डले एभरेष्टको विक्री वितरण गर्दै आएको थियो । यसलाई नेपालमा दोस्रो इनिङको रुपमा लिन सकिन्छ ।
एभरेष्टको मूल्य १ करोड ९९ लाख रुपैयाँ निर्धारण गरेर कम्पनीले बुकिङ सुरु गरेको हो । २.० लिटर बीइ टर्बो डिजेल इन्जिन रहेको एभरेष्टमा १० स्पीड अटोमेटीक गियरबक्स उपलब्ध रहेको छ ।
फोर्ड एभरेष्ट फुल फिचर लोडेड एसयूभी हो । अफरोड बाटोमा समेच उच्च पर्फमेन्स गर्न सक्ने एसयूभीमा भ्वाइस कमान्ड सहितका हाइटेक फिचर उपलब्ध रहेका छन् ।
एभरेष्टका नेपालमा बुकिङ खुल्ला भएको जानकारी दिदै जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने, ‘एसयूभी चाहनेहरुको लागि एभरेष्ट उत्कृष्ट मोडल हो । नेपालको बाटो सुहाउदो यो गाडी सन् २०२२ को पहिलो क्वाटरमा नेपालमा उपलब्ध हुनेछ ।’

