हस्कभर्ना मोटरसाइकलको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौं । हंसराज हुलासचन्द एण्ड कम्पनीले हस्कभर्ना मूल्य वृद्धि गरेको छ । कम्पनीले स्भार्टपिलेन २५० र भिटपिलेन २५० को मूल्य वृद्धि गरेको हो ।

कम्पनीले हस्कभर्नाका दुई मोडल नेपालमा विक्री गरिरहेको छ । कम्पनीले लक डाउनमा सार्वजनिक गरेको यो मोटरसाइकलको मूल्य ५ लाख ६९ हजार ९०० रुपैयाँ राखेर सार्वजनिक गरेको थियो । कम्पनीले यो मूल्यलाई परिचयात्मक मूल्यको रुपमा निर्धारण गरेको थियो ।

हाल कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार दुबै माडलको मूल्य २० हजार रुपैयाँले वृद्धि भएको छ । स्वार्टपिलेन २५० र भिट्पिलेन २५० को मूल्य ५ लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरेको हो ।

यी दुबै मोटरसाइकलमा २५० सीसीले फ्यूल इन्जेक्टेड, लिक्विड कूल्ड, सिंगल सिलिन्डर, ४ स्ट्रोक डीओएचसी इन्जिन रहेको छ । जसले उच्च गतिमा इञ्जिन रिफाइनमेन्टको उच्च स्तरमा पन्ची टर्क उत्पादन गर्दछ । भिट्पिलेन २५० ले ३१ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ ।

यस्तै स्भर्टपिलेनमा रहेको इन्जिनले अधिकतम ९००० आरपीएममा २९.५ हर्सपावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्छ ।

यी मोटरसाइकलमा डब्ल्यूपी एपेक्स यूएसडी सस्पेन्सन, बोस्च ब्रान्डको डबल डिस्क, डबल च्यानल स्यान्डर्ड एबीएस, एलइडी हेडल्याम्प, एलइडी टेल ल्याम्प, १७ इन्च कास्ट आल्मुनियम ह्वील जस्ता बिशेषता दिएको छ ।


Back_to_top