काठमाडौं । हस्कभर्नाले नेपालमा आक्रमक बजार बिस्तार गर्ने रणनीति लिएको छ । कम्पनीले हस्कभर्नाका मोटरसाइकल ४.९९ प्रतिशत व्याजदरमा किन्न सकिने स्कीम सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको अफरमा मोटरसाइकल किन्ने ग्राहकले मासिक १२ हजार ५०० किस्ता तिर्नेगरि खरिद गर्न सक्ने छन् ।
हस्कभर्नाले प्रिमियम मोटरसाइकल भएको कारण ४.९९ प्रतिशत व्याजदर अफर ल्याएको कम्पनी स्रोतले जनाएको छ । यस स्कीममा मोटरसाइकल किन्ने ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । बाँकी रकम २ वर्षको मासिक किस्तामा बुझाउनु पर्ने छ ।
हस्कभर्ना स्भार्टपिलेन २५० र भिटपिलेन २५० नेपालमा बिक्री भइरहेका दुई मोडल हुन् । यी दुबै मोडलको मूल्य ५ लाख ६९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री वितरण भइरहेको छ ।
अहिले विभिन्न मोटरसाइकल बिक्रेता कम्पनीहरुले ५० प्रतिशत डाउन पेमेन्टमा सून्य प्रतिशत व्याजदर र ३० प्रतिशत डाउन पेमेन्टमा १५ प्रतिशत व्याजदर लगाउँदै आएका छन् । तर, कुनैपनि प्रिमियम मोटरसाइकलमा यस्तो किसिमको अफर भने आएको छैन ।
यस्तो छ हस्कभर्ना मोटरसाइकल
हस्कभर्ना स्वार्टपिलेन र भिटपिलेनसँग आर्कषक स्विडेनी डिजाइनमा निर्माण भएको मोटरसाइकल रहेको हो, जुन अन्डरस्टेटेड, मिनीमलिष्ट, एलीगेन्ट भएको कारणले अन्य प्रिमियम मोटरसाइकल सेग्मेन्टको मोटरसाइकलभन्दा भिन्न रहेको छ । स्वार्टपिलेन २५० मा रग्ड डिजाइनको अपराइट स्ट्यान्सका साथै यसमा डुअल पर्पज टायर दिइएको छ । भिटपिलेन २५० मा क्याफे रेशर डिजाईन, क्लिप ह्याण्डलबार र फ्रन्ट लीन राइडिंग पोजिसन दिइएको छ ।
यी दुबै मोटरसाइकलमा २५० सीसीले फ्यूल इन्जेक्टेड, लिक्विड कूल्ड, सिंगल सिलिन्डर, ४ स्ट्रोक डीओएचसी इन्जिन रहेको छ । जसले उच्च गतिमा इञ्जिन रिफाइनमेन्टको उच्च स्तरमा पन्ची टर्क उत्पादन गर्दछ । भिट्पिलेन २५० ले ३१ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ ।
यस्तै स्भर्टपिलेनमा रहेको इन्जिनले अधिकतम ९००० आरपीएममा २९.५ हर्सपावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्छ ।
यी मोटरसाइकलमा डब्ल्यूपी एपेक्स यूएसडी सस्पेन्सन, बोस्च ब्रान्डको डबल डिस्क, डबल च्यानल स्यान्डर्ड एबीएस, एलइडी हेडल्याम्प, एलइडी टेल ल्याम्प, १७ इन्च कास्ट आल्मुनियम ह्वील जस्ता बिशेषता दिएको छ ।

