महंगो भयो हाइब्रिड कार

काठमाडौं । सरकारले हिजो ल्याएको बजेटमा कर वृद्धि भएसँगै हाइब्रिड कार महंगो भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजो सार्वजनिक गरेको आर्थिक विधेयकमा हाइब्रिड कार लगाउँदै आएको ४० प्रतिशत अन्तःशुल्क वृद्धि गरी ६० प्रतिशत पुर्‍याएपछि हाइब्रिड कारको मूल्य बढ्ने भएको हो ।

सरकारले हाइब्रिड कारमा इन्जिन क्षमता नहेरी एउटै दरमा अन्तःशुल्क लगाउँदै आएको थियो । नयाँ ब्यस्था अनुसार पनि एउटै दर हुनेगरी कर बढाएर ६० प्रतिशत बनाइएको हाे । यस अघि पेट्राेलबाट चल्नै गाडिमा  लाग्दै आएको भन्सार दर भने ८० प्रतिशत नै कायम रहेकाे छ ।

सरकारले बढाएको करको कारण नेपालमा बिक्री हुने हाइब्रिड कारहरुको मूल्य बढ्ने भएको छ । अहिले बजारमा बीएमडब्लू, मित्शुवीसी, टोयोटा, किया जस्ता ब्राण्डले हाइब्रिड कार बिक्री गर्दै आएका छन् ।


Back_to_top