४५ लाख पर्ने इलेक्ट्रीक एसयूभी साढे ५ लाख डाउन पेमेन्टमै पाइने

काठमाडौं । टाटा मोटर्सको चर्चित एसयूभी नेक्सन ईभी किन्न झनै सजिलो हुने भएको छ । ४४ लाख ९९ हजार रुपैयाँ पर्ने नेक्सन ईभी अब मात्र ५ लाख ४९ हजार रुपैयाँ डाउन पेमेन्टमै किन्न पाइने भएको हो ।

नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ल्याएको विशेष अफरमा यस्तो सुविधा पाइने भएको हो । कम्पनीका अनुसार ग्राहकले केबल ५ लाख ४९ हजार रुपैयाँ मात्रै डाउन पेमेन्ट गरेर नेक्सन ईभी घर लैजान सक्नेछन् ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार हाल कुनै पनि सवारी किन्न सुरूमै कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट बुझाउनुपर्छ । सो अनुसार ग्राहकले नेक्सन किन्न सुरूमा १८ लाख रुपैयाँ डाउन पेमेन्ट तिर्नुपर्ने हुन्थ्यो ।

तर, सिप्रदीले ग्राहकलाई डाउन पेमेन्टमा सहजीकरण गर्दै ५ लाख ४९ हजारमै उपलब्ध गराउने भएको हो । डाउनपेमेन्ट बापतको बाँकी रकम ग्राहकले कर्जा सुविधा र विशेष छुट पाउने भएका हुन् ।

कम्पनीका अनुसार ४५ लाख पर्ने नेक्सन किन्न ग्राहकले ८० प्रतिशत अर्थात् ३६ लाख रुपैयाँ कर्जा सुविधा पाउने छन् ।  बाँकी ९ लाखमध्ये ग्राहकले ५.४९ हजार डाउन पेमेन्ट बापत बुझाउनुपर्ने छ भने साढे ३ लाख रकम ग्राहकले विशेष छुट पाउने कम्पनीले जनाएको छ ।

यस्तो छ नेक्सन ईभी

नेक्सन ईभीको डिजाइन आकर्षक र आधुनिक छ । यसको अगाडिको भागमा स्प्लिट एलईडी हेडलाइट सेटअप, माथिल्लो भागमा जोडिएको एलईडी लाइट, नयाँ फ्रन्ट बम्पर छ । साइडमा एरो डिजाइन गरिएका १६ इन्चका अलोय ह्वील र पछाडि जोडिएको सिक्वेन्शियल एलईडी टेललाइट दिइएको छ ।
नेक्सन ईभीको लम्बाइ ३,९९३ एमएम, चौडाइ १,८११ एमएम र उचाइ १,६०६ एमएम रहेको छ। यसमा २,४९८ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । १९० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको नेक्सनमा ३५० लिटरको बुट स्पेस छ ।

यसको क्याबिन पनि आकर्षक छ । टाटाको नयाँ पहिचानका रूपमा आएको इल्युमिनेटेड टाटा लोगो सहितको टु स्पोक स्टेयरिङ ह्वील छ । ड्यासबोर्डमा १२.३ इन्चको ठूलो सिनेमेटिक टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्चको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । साथै, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जर, ९ स्पीकरको जेबीएल साउण्ड सिस्टम, भ्वाइस अलर्ट सिस्टम जस्ता फिचर उपलब्ध छन्।

नेक्सन ईभीमा ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटीक ब्याट्री छ । यसले एकपटकको फुलचार्जमा ३२५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसमा ९८ किलोवाट आवरको मोटर छ ।

नेक्सनलाई ७.२ किलोवाटको एसी चार्जर र ६० किलोवाटसम्मको डीसी चार्जरले चार्ज गर्न सकिन्छ । कम्पनीले यसमा चार लेभलको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिएको छ ।

भारत एनक्यापमा फाइभ स्टार रेटिङ पाएको नेक्सनमा ६ वटा एयरब्याग, अल डिक्स ब्रेक, ईएससी, अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, ब्लाइण्ड स्पट मनिटरिङ लगायत सेफ्टी फिचर छन् ।


Back_to_top