एम्पियरका स्कुटर किन्दा ७ लाख जित्ने मौका, साथै ५ सुविधा पाइने

काठमाडौं । एम्पियर नेपालले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ ।

नेपालका लागि एम्पियरको आधिकारिक बिक्रेता एसटीसी अटो सोलुसन प्रालिले ‘नयाँ सवारी, नयाँ उमंग-यसपालिको महाचाड एम्पियरसँग’ भन्ने सन्देश सहित विशेष अफर ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकहरूले विभिन्न आकर्षक सुविधा पाउनुका साथैलक्की ड्रमार्फत १ लाख रुपैयाँ जित्ने मौका पाउने छन् ।

कम्पनीका अनुसार एम्पियर नेक्सस तथा म्यागनुस खरिद गर्ने ग्राहकले २० हजार रुपैयाँ नगद छुट वा पुरानो दुईपाँग्रे सवारी एक्सचेन्ज गर्दा थप २० हजार मूल्यांकन मध्ये एक सुविधा रोज्न सक्नेछन् ।

त्यस्तै, एम्पियर आरईओ भीवाइबी मोडलमा भने ग्राहकले १० हजार रुपैयाँ नगद छुट वा १० हजार थप एक्सचेन्ज भ्यालु पाउने छन् ।

साथै, ग्राहकले १ वर्ष निःशुल्क सर्भिसिङ, ७ वर्षसम्म स्पेयर पाट्र्समा ७ प्रतिशत छुट र आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन्।

यो योजना चाडपर्वको अवसरमा ग्राहकलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्ने तथा इलेक्ट्रीक मोबिलिटीलाई अझ सहज र पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको हो ।

यो अफर आगामी छठपूजासम्म लागू हुने कम्पनीले जनाएको छ ।


Back_to_top