नयाँ दिल्ली । हुन्डाई मोटर इन्डियाले भारतीय कम्पनी टीभीएससँगको सहकार्यमा ‘माइक्रो इलेक्ट्रीक मोविलिटी कन्सेप्ट’ सार्वजनिक गरेको छ । यी दुई कम्पनी मिलेर देखाएको कन्सेप्ट कार तीन र चार पाङ्ग्रे सवारीसाधन हुनेछ ।
कोरियन ब्राण्ड हुन्डाईले यसको डिजाइन, इन्जिनियरिङ र टेक्नोलोजी विकासमा काम गर्नेछ । भारतीय कम्पनी टीभीएसले भने यसको उत्पादन गर्ने जनाइएको छ । सहरी क्षेत्रको आवश्यकता पुरा गर्न दुबै ब्राण्डले सहकार्य गरेको बताएका छन् ।
माइक्रो मोविलिटी कन्सेप्ट सार्वजनिक गर्दै हुन्डाईले तीन पाङ्ग्रेको नाम इथ्रीडब्लू र चार पाङ्ग्रेको नाम इफोरडब्लू राखेको छ । तीन पाङ्ग्रे इथ्रीडब्लू अटो रिक्साको विकल्पमा डिजाइन भएको मोडल हो ।
पाँच सिट क्षमताको सानो इफोरडब्लू मोडल थप आकर्षक देखिएको छ । अहिले यी दुबै मोडल विकासको पहिलो चरणमा रहेको कारण कहिलेसम्म बजारमा आउने छ एकिन जानकारी कम्पनीले दिएको छैन ।




