काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई वेस्ट बाई’ स्कीम संचालनमा ल्याएको छ । कम्पनीले आगामी चैत १९ गतेसम्म लागु हुनेगरी यो स्कीम ल्याएको हो ।
कम्पनीले यो योजना आफ्नो नेपालभर रहेको सबै शोरुमहरुबाट पाउन सक्नेछन् । यस योजना मार्फत ग्राहकले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटको साथै विभिन्न सुविधा पाउन सक्नेछन् ।
कम्पनीले वेस्ट बाई स्कीममा ५० हजार रुपैयाँसम्मको बोनस, एक वर्षको निःशुल्क बृहत बीमा र सडक करको साथमा ३० हजारसम्मको एक्सचेन्ज बोनस पाउन सक्नेछन् । कम्पनीले यस योजनामा रहेर गाडी किन्दा अधिकतम ४ लाखसम्मको नगद छुट पाउने छन् ।
ग्राहकलाई सहज होस् भनेर स्पट एक्सचेन्ज र भ्यालुएशनको पनि व्यवस्था गरिएको छ । कम्पनीले हरेक गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी प्रदान गरेको छ ।

