हुन्डाई क्रेटा डायमन्ड भेरिएन्टमा सार्वजनिक हुँदै

आगामी नोभेम्बर ६ बाट ब्राजिलमा आयोजना हुने साव–पाउलो इन्टरनेशनल मोटर शोमा हुन्डाईले नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आफ्नो चर्चित एसयूभी क्रेटाको डायमन्ड भेरिएन्टलाई शोकस गर्ने भएको हो ।

यसको अलावा हुन्डाईले सागा डिजाइनको इलेक्ट्रीक एसयूभीलाई पनि शोकेस गर्ने यसअघि नै बताई सकेको छ ।  

डायमन्ड भेरिएन्ट क्रेटाको सबैभन्दा टप भेरिएन्ट हुने आँकलन गरिएको छ । नयाँ भेरिएन्ट एसयूभीलाई कम्पनीले मेटालिक ब्ल्यू–कलरबाहेक अन्य कलर अप्सनमा उपलब्ध गराउने छैन । यसमा प्यानोरमिक रुफ, सार्क–फिन एन्टिना तथा लार्ज रियर स्पोइलर दिएको छ भने, इन्टेरियरमा लेदर–सिट, डोर प्यानलमा डबल टोन कलरले एसयूभीलाई निकै आकर्षक बनाएको छ ।

हुन्डाई ब्राजिलका कार्यकारी निर्देशक एञ्जेल माटिन्ज भन्छन्, ‘हुन्डाई क्रेटा डायमन्डमार्फत् सम्भावित डिजाइन र प्रविधिको संयोजनलाई प्रस्तुत गर्न खोजिएको छ । आशा छ, यसले ग्राहकको मन सहजै जित्नेछ ।’ 

यसमा उपलब्ध २.० लिटर डबल सिभिभिटी–बी फ्यूल पेट्रोल इन्जिनले १६६ पीएस पावर उत्पादन गर्छ । यसको इन्जिनमा स्ट्यान्डर्ड सिक्स–स्पीड अटोमेटिक ट्रान्समिसन लगाइएको छ । 


Back_to_top