काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी हुन्डाईले भारत लगायतका इमर्जीङ बजारका लागि ४ नयाँ इलेक्ट्रीक कार ल्याउने भएको छ । भारतमा २७ हजार ८७० करोडको आइपीओ ल्याउन लागेकोे कम्पनीले आफ्नो ईभी पोर्टफोलियो बढाउने भएको हो ।
कम्पनीले पहिलो ईभीको रुपमा क्रेटा इलेक्ट्रीक चाँडै बजारमा आउने बताएको छ । क्रेटा मार्फत हुन्डाईले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा इलेक्ट्रीकको बलियो पकड बनाउने विश्वास लिएको छ ।
सडक परीक्षणमा रहेको क्रेटा ईभीको बाहिर आएको तस्बिर अनुसार यसको बाहिरी डिजाइन पेट्रोल क्रेटाकै जस्तो छ । यसको इन्टेरियरमा केही समानता भएपनि धेरै फिचर नयाँ हुनेछन् ।
आईसीइ क्रेटाको धेरै पाट्स लाग्ने भएको कारण यसको मूल्य निकै प्रतिस्पर्धी हुने अनुमान गरिएको छ । हुन्डाईले क्रेटा ईभीमा ४५ किलोवाट आवरको ब्याट्रीप्याक दिनेछ । यसको रेन्ज ३५० किलोमिटर हाराहारी हुनेछ । एड्भान्स रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भएकोले यसको रियल वर्ल्ड माइलेज ३५० किलोमिटर हुने रिपोर्टहरुले दावी गरेका छन् ।
हुन्डाईले क्रेटा इलेक्ट्रीकमा १०० किलोवाटको मोटर दिनेछ । यसको अधिकतम पावर हर्सपावरमा १३८ र टर्क २५५ न्यूटन मिटर हुनेछ ।
क्रेटा ईभीपछि भारतमै कम्पनीले अर्को ईभी एक्सटरमा आधारित रहेर ल्याउने छ । माइक्रो एसयूभी सेग्मन्टमा आउने ईभीले टाटा पन्च ईभीसँग प्रतिस्पर्धा गर्नेछ । यो ईभी हुन्डाईको ‘वर्न ईभी प्लृेटफर्म’ इजीएमपीमा बन्नेछ । हुन्डाईको माइक्रो एसयूभी सन् २०२६ को सेकेन्ड हाफसम्ममा बजारमा आउने छ ।
क्रेटा र इस्टरपछि कम्पनीले आफ्नो चर्चित आइस भेहिकल भेन्यू र आई १० नियोसलाई ईभीमा ल्याउने छ । भेन्यू ईभी नेक्स जेनेरेसन आईसीइ मोडलको बेसमा बन्नेछ । भेन्यूको नेक्स्ट जेनेरेसन मोडल आगामी वर्ष सार्वजनिक हुँदैछ ।
आइसी भेन्यूको नयाँ जेनेरेशनको लन्चपछि भेन्यू ईभी लन्च हुनेछ । यो इभीको सिधा प्रतिस्पर्धा टाटा नेक्सन ईभी र महिन्द्राको आउदै गरेको एक्सयूभी ३०० ईभीसँग हुनेछ । भेन्यू ईभी पछि मात्रै आई १० नियोस वेसमा ह्याचव्याक मोडल इलेक्ट्रीकमा आउने छ । आई १० नियोस वेसको ईभी हुन्डाईको सबैभन्दा सस्तो मोडल बन्नेछ ।
हुन्डाईले आफ्नो इलेक्ट्रीक बजेट कार उत्पादनको हब भारतमा बनाएर नेपाल लगायत विभिन्न अन्तर्राष्ट्रिय बजारमा निर्यात समेत गर्ने लक्ष राखेको छ । कम्पनीले बार्षिक रुपमा क्रेटा ईभी २६ हजार र एक्सटर वेसको ईभी ६५ हजार उत्पादन गर्ने योजना बनाएको छ ।

