काठमाडौं । केटीएमले भारतमा नयाँ मोटरसाइकल सार्बजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा केटीएम ड्यूक २५० सेग्मेन्ट अन्तर्गत नयाँ भेरियन्टको मोटरसाइकल सार्वजनिक गरेको हो ।
कम्पनीले अपडेट सहित केटीएम ड्यूक २५० को नयाँ भेरियन्ट मोटरसाइकल २ लाख ४१ हजार रुपैयाँ (एक्स शोरुम) मूल्य निर्धारण गरेर भारतीय बजारमा बिक्री सुरु गरेको हो ।
नयाँ ड्यूक २५० मा कम्पनीले ५ इन्चको नयाँ डिजिटल टीएफटी डिस्प्ले, एन्टिग्रेटेड पायलट हेड्ल्याम्प, एलइडी डीआरएल, स्वीचेवल एबीएस सिस्टम, राइड मोड, ल्याप टाइमर, नयाँ स्वीच र मोबाइल चार्जिङ पोर्ट जस्ता फिचर थपेर ल्याएको हो ।
त्यस्तै, पुरानो मोडलको तुलनामा यसमा दिइएको नयाँ टिएफटी कन्सोलमा नयाँ ब्लूटुथ कनेक्टिभिटी सिस्टम, टर्न बाई टर्न नेभिगेसन, कल एसएमएस अलर्ट जस्ता थप डिटेल्स हेर्न सकिने भएको छ । केटीएमले ड्यूक २५० नयाँ जेन ट्रेलिस फ्रेमसँगै कास्ट एल्मुनियम सबफ्रेममा निर्माण गरेको हो ।
कम्पनीले यसको इन्जिनमा भने कुनै परिमार्जन गरेको छैन । केटीएम ड्यूक २५० मा २४९.७ सीसी सिंगल सिलिन्डर बीएस ६, एसओएचसी इन्जिन सेटअप रहेको छ । उक्त इन्जिनले अधिकतम ३१ पीएस पावर तथा २५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स दिइएको छ ।
यसका अलावा यस मोटरसाइकलमा पुरा एलइडी लाइट, डब्लूपी अपसाइड डाउन तथा मोनोशक सस्पेन्सन सेटअप, स्लिपर क्लच, क्विक सिफ्टर प्लस, बनाना स्वीङ आर्म लगायतका अन्य फिचरहरु समावेश छन् ।

