मासिक ३० हजार किस्तामा हुन्डाईको नयाँ एसयूभी

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री सुरु गर्न लागेको नयाँ माइक्रो एसयूभी एक्सटर किन्ने ग्राहकले मासिक ३० हजार किस्ता तिर्नेगरी खरिद गर्न सक्नेछन् ।

हुन्डाईले अघिल्लो वर्ष सन् २०२३ मा भारतमा सार्वजनिक गरेको एक्सटर एसयूभीको सुरुवाति ई भेरियन्टको मूल्य ३४ लाख ९६ हजार रुपैयाँ तोकेर अहिले नेपालमा बुकिङ खुल्ला भएको छ । हुन्डाईले एक्सटरको ई वेस भेरियन्ट हो ।

बैंक तथा वित्तीय संस्थाले पेट्रोल कार निजी प्रयोजनको लागि किन्दा मूल्यको ५० प्रतिशत र अफिसियल प्रयोजनको लागि खरिद गर्दा ७० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ । त्यहि अनुसार ब्यक्तिगत प्रयोजनको लागि गाडी किन्नेले अनिर्वाय ५० प्रतिशत डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ ।

एक्सटरको ई भेरियन्ट किन्ने मानिसले १७ लाख ४८ हजार रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्छ । बाँकी १७ हजार ४८ रुपैयाँ कर्जा सुविधा लिएर ७ वर्ष भित्र तिर्न सकिन्छ । यसरी लिएको कर्जामा आजको दिनमा अधिकतम ११ प्रतिशत ब्याज तिर्दा पुग्छ । जसलाई मासिक ३० हजारभन्दा कम तिर्दा पुग्छ ।

मासिक किस्ताको विवरण हेर्न यहाँ क्लिक गर्नुहोला ।

यहाँ कम्पनीले गाडी किन्दा दिने छुट रकम देखाइएको छैन । त्यो छुट पनि समावेस गर्ने हो भने २९ हजार हाराहारी मासिक किस्ता तिर्दा पुग्ने देखिन्छ ।

कम्पनीले ई बाहेक अन्य दुई एस र एसएक्स भेरियन्ट पनि बिक्री गर्दै आएको छ । यी दुई भेरियन्ट मध्ये एसको ४० लाख ९६ हजार र एसएक्स भेरियन्टको ४४ लाख ९६ हजार तोकेर बुकिङ लिइरहेको छ । एक्सटरको आधिकारीक लन्च केही दिन भित्रै सुरु हुँदैछ ।

यस्तो छ एक्सटर एसयूभी

हुन्डाईले एक्सटरलाई ‘थिङ्क आउटसाइट, थिङ्क एक्सटर’ स्लोगनसहित बजारमा ल्याउन लागेको एक्सटरले ‘इन्डियन कार अफ दी इयर २०२४’ जित्न सफल भएको छ । स्पोर्टी ब्ल्याक रुफरेल र डायनामिक ब्ल्याक रियर स्पोइलरको साथ आउने एक्सटर निकै स्पोर्टी छ ।

एक्सटरमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ ।

एक्सटरको माथिल्लो भेरियन्टमा क्रुज कन्ट्रोल, स्टायण्डर्ड भेरियन्टमा नै ६ वटा एयरब्याग, इलेक्ट्रीक शनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री जस्ता फिचरहरु दिएर फुल्ली लोडेड एसयूभी बनाइएको छ ।

निकै बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा दिइएको एलइडी डेटाइम रनिङ लाइट दिइएको छ । १८५ एमएम ग्राउन्ड क्लेयरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ ।


Back_to_top