५०० किलोमिटर लामो ‘मेरोअटो राईड २०२४’ सम्पन्न (फोटोफिचर)

काठमाडौं । अटो मोटिभ्स प्रालिद्धारा संचालित अटो मोवाइल वेस अनलाइन न्यूज पोर्टल मेरोअटो डटकमको आयोजनामा भएको ‘मेरोअटो राईड २०२४’ सम्पन्न भएको छ । माघ २६ र २७ आयोजना भएको मेरोअटो राईड ५०० किलोमिटर लामो थियो ।

काठमाडौं नक्साल स्थित बाइकर्स क्याफेबाट सुरु भएको राइड सोलोखुम्वु जिल्लाको पत्ताले बजार पुगेर फर्किएको हो । उक्त राईडको शुभारम्भ नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष निराकार श्रेष्ठ र सदस्य मेघराज पौडेलले संयुक्त रुपमा गरेका थिए ।

दुई दिने राइडमा १७ जना बाइकर्स सहित २० जनाको टिम सहभागी रहेको थियो । आन्तरिक पर्यटनमा टेवा पुर्याउने उद्देश्यले आयोजना भएको यो राईडमा विभिन्न क्षेत्रका प्रोफेसनलहरुको सहभागीता रहेको थियो ।

बाइकर्स क्याफेदेखि सुरु भएको राइड धुलिखेल, सिन्धुली, खुर्कोट, घुर्मी, ओखलढुङ्गा हुँदै सोलुखुम्बु पत्ताले पुगेर सोही रुट हुँदै काठमाडौं फर्किएको हो ।

राईडहरुलाई ओखलढुङ्गा उद्योग बाणिज्य संघले स्वागत गरेको थियो । सहभागीहरुलाई सम्बोधन गर्दै संघका अध्यक्ष ज्ञानेन्द्र मास्केले पर्यटन पवद्र्धनमा यस्ता राईडहरु उपयोगी हुने बताउँदै भोलिका दिनमा पनि सहकार्य गरेर अगाडि बढ्ने घोषणा गरेका थिए ।

मनोरन्जनात्मक क्रियाकलाप सहित सम्पन्न राईडमा विभिन्न विधामा उपहार पनि प्रदान गरिएको थियो ।

कार्यक्रम समापन गर्दै मेरोअटो राईड २०२४ का संयोजक हरि गजुरेलले भोलिका दिनमा क्यालेन्डर नै बनाएर यस्ता राईडहरु आयोजना गरिने बताउँदै सहभागीहरुलाई धन्यवाद दिएका थिए ।


Back_to_top