ठूलो इन्जिनमा डोमिनारभन्दा सस्तो मोटरसाइकल ल्याउँदै बजाज, टीजर सार्वजनिक

काठमाडौं । नेपालमा सर्वाधिक सफल मोटरसाइकल ब्राण्ड बजाजले डोमिनार बराबरको इन्जिनमा त्योभन्दा कम मूल्यको नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले नयाँ ४०० सीसी क्षमताको मोटरसाइकल तयार गरेर त्यसको टिजर पनि सार्वजनिक गरेको हो ।

भारतीय मोटरसाइकल जायन्ट कम्पनी बजाज अटोले बजाज पल्सर सिरिजको टिजरमा विग साइजको पल्सर देख्न सकिन्छ ।

कम्पनीले पल्सर नेम प्लेटमा ल्याउने सबैभन्दा ठूलो मोटरसाइकलको नाम एनएस ४०० वा पल्सर ४०० के हुन्छ भन्ने खुलाएको छैन ।

कम्पनीले पल्सर एनएस २०० को च्यासिसमा नयाँ मोडल ल्याउने अनुमान गर्न सकिन्छ । सार्वजनिक टिजरमा हेर्दा झट्ट एनएस कै डिजाइन देख्न सकिन्छ । कम्पनीले एनएसको च्यासिसलाई अझै बलियो तथा कम तौलको बनाउने अनुमान गर्न सकिन्छ । यसले मोटरसाइकल तौल कम भई ‘पावर टू वेट रेसियो’ले मोटरसाइकलाई थप पावरफुल बनाउँछ ।

टिजरमा देखिए अनुसार नयाँ मोटरसाइकल को फ्रन्ट लुक निकै एग्रशिभ रहेको छ भने, स्पोर्टी रियर भ्यू मिरर, स्प्लीट सिट, अन्डर वेली एक्जष्ट, डबल च्यानल एबीएस, यूएडी फर्क जस्ता फिचर उपलब्ध हुनेछन् ।


Back_to_top