पेट्रोल पम्पमा बन्यो सुविधा सम्पन्न ‘चार्जिङ स्टेशन’

काठमाडौं । सरकारले पेट्रोल पम्पमा पनि चार्जिङ स्टेशन निर्माण गर्नु पर्ने कार्यविधि प्रयोगमा ल्याउनुभन्दा अगाडि नै पम्प संचालकहरुले चार्जिङ स्टेशन पनि निर्माण थालेका छन् ।

सिन्धुलीको रातामाटा झाङ्गाझोलीमा रहेको पेट्रोल पम्पसँगै चार्जिङ स्टेशन पनि निर्माण गरिएको हो । त्यहाँ उपलब्ध स्पेशको आधारमा पेट्रोल पम्मको लागिभन्दा धेरै स्थान चार्जिङ स्टेशनको लागि छुट्टाइएको छ ।

पेट्रोल पम्पमा छिटो छिटो गाडी आएर गइहाल्ने तर, ईभीको लागि रोकेर चार्जिङ गर्नु पर्ने भएको कारण ठूलो स्पेश दिइएको संचालकको भनाइ छ । कम्पनीले करिब १२ लाख रुपैयाँ खर्चेर चार्जिङ स्टेशन निर्माण भएको हो ।

सम्भवत नेपालमा नै पहिलो पटक पेट्रोल पम्पलाई सानो बनाएर ईभी चार्जिङ स्टेशन निर्माण भएको हुनुपर्छ । यो स्टेशन निर्माण गर्न सिजीले लगानी गरेको हो ।

विपी हाइवेमा अधिकांश विद्युतीय सार्वजनिक यातायात संचालन हुन थालेसँगै चार्जिङ स्टेशन तिब्र गतिमा विस्तार भइरहेको छ । सुरुमा विपी हाइवेमा नै दिगोले इलेक्ट्रीक भ्यान बिक्री गरेर सार्वजनिक यातायातमा प्रबेश गरेको थियो । अहिले दिगो बाहेक, सिजी र एसआरएम ब्राण्डले ठाँउ ठाँउमा चार्जिङ स्टेशन निर्माण गरिरहेका छन् ।


Back_to_top