टेस्ला मोडल थ्री २०२४ नेपालमा, यस्ता छन् फिचर (मूल्यसहित)

काठमाडाैं । अरेटी इन्टरनेशलले २०२४ टेस्ला मोडल थ्री नेपाल ल्याएको छ । टेस्लाले पहिलो पटक ठूलो परिमार्जनसहित बजारमा ल्याएको टेस्ला मोडल थ्री नेपाल आइपुग्न लागेको हो ।

‘ठूलो परिमार्जनसहित नेपाल आउन लागेको टेस्ला मोडल थ्री अर्को साता काठमाडौं आइपुग्छ । पहिलेको तुलनामा रेन्जदेखि पर्फमेन्ससम्म उत्कृष्ट भएर मोडल थ्री नेपाल आउन लागेको हो’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

टेस्ला मोडल थ्रीको टप स्पीड क्षमता २२५ किलोमिटर प्रतिघन्टा रहेको छ । जुन सेग्मेन्टकै सबैभन्दा उत्कृष्ट पावर पर्फमेन्स हो । अन्तर्राष्ट्रिय बजारमा थुप्रै भेरियन्टमा उपलब्ध टेस्ला मोडल थ्री नेपालमा भने १९८ किलोवाट पीकपावर भएको मोटरमा उपलब्ध हुनेछ ।

नेपाली बजारमा उपलब्ध हुने टेस्ला मोडल थ्रीमा ५८ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसको ग्राउन्ड क्लियरेन्स १८४ एमएम छ भने विभिन्न आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ । यसले विश्वभर परिक्षणका क्रममा ५ स्टार सेफ्टी रेटिङ पाउन सफल भएको छ ।

नयाँ मोडल थ्रीको एक्सीलेरेशन पनि उत्कृष्ट छ । यसले ५.८ सेकेन्डमा सून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्छ । यसको पीक टर्क ३४० एनएम रहेको छ ।

निकै ठूलो मूनरुफ, नयाँ एम्बीयन्ट लाइट, उत्कृष्ट क्याविन, फ्यूचरिष्टीक बडी डिजाइनको कारण मोडल थ्रीले विश्वभरका विद्युतीय कार चाहनेहरुको मन जित्न सफल भएको छ ।

नेपाली बजारमा उपलब्ध मोडल थ्री स्टाइण्डर्ड रेन्ज प्लस भेरियन्टको मूल्य १ करोड ३५ लाख रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ ।


Back_to_top