काठमाडौं । विगत एक महिनादेखि एकपछि अर्को फिचर सार्वजनिक गर्दै ग्राहकमा कौतुहलता पैदा गराउँदै आएको हुन्डाईको इन्ट्री लेभल एसयूभी एक्सटरको पूर्ण तस्वीर बाहिर आएको छ । कम्पनीले यसलाई आधिकारीक रुपमा सार्वजनिक गर्नुअघि नै एक्सटरको तस्वीर बाहिर आएको हो ।
हुन्डाई मोटर्स इन्डियाले सुरुमा नाम मात्रै घोषणा गरेको एक्सटरको फिचरको विषयमा विस्तारै सुचना प्रबाह गरिरहेको थियो । ग्राण्ड आई १० नियोसकै प्लेटफर्ममा बनिरहेको एक्सटर निकै प्रिमियम लुक्समा देखिएको छ ।

भारतीय बजारमा टाटा पन्चको विक्री देखेपछि त्यहि सेग्मेन्टमा आउन लागेको एक्सटर निकै आकर्षक डिजाइनमा फिचर लोडेड भएर आउने अपेक्षा गरिएको छ । सुरुमा दक्षिण कोरियामा विक्री हुँदै आएको क्यास्परसँग मिल्दोजुल्दो हुने आँकलन गरिएको एक्सटर त्योभन्दा विकुलै भिन्न देखिएको छ ।
हुन्डाईले एक्सटरमा स्क्वायर आकारको प्रोजेक्टर हेडल्याम्प, एच आकारमा दिइएको एलइडी डे टाइम रनिङ लाइट, निकै स्टाइलिस फ्रन्ट फेसिया, बानेटमा दिइएको इम्बेड हुन्डाईको लोगोले यसलाई कम्पनीकै कम मूल्यका अन्य एसयूभीभन्दा फरक देखाएको छ ।
तल्लो बम्परमा दिइएको एयर इन्टेक, स्कीड प्लेट, कालो कलरमा दिइएको फ्रन्ट ग्रिल, वाई आकारको अलोय ह्वील, कालो कलरमा दिइएको रुफरेल, ओआरभीएममा दिइएको टर्न इन्डिकेटर, एच आकारमै दिइएको टेल लाइट, दुईवटा एग्जस्ट पाइप दिएको देखिन्छ ।
एक्सटेरियर जस्तै एक्सटरको इन्टेरियर र सुरक्षा फिचर राम्रो हुने अनुमान गरिएको छ । यसमा धेरैवटा एयरव्याग र ठूलो टचस्कृन, मल्टी फङ्गशनल स्टेरिङ ह्वील, सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर रहने अनुमान गर्न सकिन्छ ।

