लक्ष्मी हुन्डार्ई गल्फको तयारी पुरा, वान होल विजेताले ग्राण्ड १० पाउने

काठमाडौं । नेपालको लागी हुन्डार्ई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले बिगतका वर्ष झैं यस वर्ष पनि हुन्डाई ओपन गल्फ टुर्नामेन्ट २०१८ गर्ने भएको छ । 

उक्त टुर्नामेन्ट गोकर्ण गल्फ क्लबमा आउँदो शुव्रmबार र शनिबार अर्थात २७ र २८ अप्रलिमा आयोजना हुनेछ । 

उक्त ओपेन गल्फ टुर्नामेन्ट १८ होलमा स्टेबल फोल्ड फम्र्याटमा र ३/४ ह्यान्डी क्यापमा खेलिने छ । 

यस टुर्नामेन्टमा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्ने पक्का भएको कम्पनीले जनाएको छ । 

यस टुर्नामेन्टमा बिभिन्न शिर्षकमा बिजेता घोषणा गरिने छ । होल इन वान बिजेताले उपहार स्वरुप एकथान हुन्डाई आई ग्राण्ड १० जित्न सक्ने छन् । 


Back_to_top