टाटाले ल्याउला सबैभन्दा सस्तो इलेक्ट्रीक कार ? यस्तो छ तयारी

काठमाडौं । टाटा मोर्टसले संसारकै सस्तो कारको रुपमा टाटा नानो उत्पादन गर्यो, केही समय उक्त कार निकै नै चर्चामा रह्यो तर, उल्लेखनिय ब्यापार भने गर्न सकेन । 

टाटाको त्यही नानो कार अब इलेक्ट्रीक भर्सनमा आउने भएको छ । टाटा मोटर्सले भारतीय बजारमा ओला क्याबसँग मिलेर नानो इलेक्ट्रीक कार उत्पादन गर्ने योजना बनाएको छ । टाटा मोटर्सले ब्रिटेन स्थित टाटा मोटर्स युरोपियन टेक्निकल सेन्टरसँग मिलेर इलेक्ट्रीक कार टेक्नोलोजीका लागि कार्य गरिरहेको छ । 

विद्युतीय सवारीले प्रदूषण ज्यादै कमगर्ने र वातावरण स्वच्छ हुने भएकाले सवारी उत्पादकहरूको ध्यान विद्युतीय सवारीतर्फ खिचिएको छ । इलेक्ट्रीक नानो कार एक पटक फूलचार्ज गरेपछि १५० किलोमिटरभन्दा धेरै गुड्ने कम्पनीको दावी छ ।

यद्यपि, नयाँकार टाटा नानोको ब्रान्डमा भने नआउने भएको छ । यो कार जयेम नियो ब्रान्डमा बजारमा आउनेछ । टाटा मोटर्सले इञ्जिन र ट्रान्समिसन बाहेकको पूर्णरुपमा नानो बडी जयेम अटोलाई उपलब्ध गराउने छ । जयेम अटोले नै इलेक्ट्रीक कारको निर्माण र बजारीकरण गर्नेछ । 

जयेम अटोलाई इलेक्ट्रीक ड्राइभ सिष्टमचाहिँ इलेक्ट्रा ईभीले उपलब्ध गराउनेछ । जयेम अटो र टाटा मोटर्सले विभिन्न परियोजनाहरूमा सहकार्य गरिरहेका छन् । निओमा ४८ भोल्टको इलेक्ट्रीक सिष्टम हुनेछ, जसले १७ किलोवाटको पावर प्रदान गर्नेछ । 

सुरुमा यो विद्युतीय कार ब्यक्तिगत प्रयोजनको लागि उपलब्ध हुने छैन । पहिलो चरणमा ओलाका लागि ४ सय निओ उपलब्ध गराइने बताइएको छ । 

यो कारलाई ओलाले भारतमा ट्याक्सीको रुपमाप्रयोग गर्ने अनुमान गरिएको छ । टाटा मोटर्सले पहिलोपटक सन् २०१० को जेनेभामोटर शोमा नानो इलेक्ट्रीक कन्सेप्ट कारको प्रदर्शन गरेको थियो । अबको केही समयमा यो कारको उत्पादन सुरुहुने अनुमान गरिएको छ । यसको मूल्यलगातका बिषमा केही खालाइएको छैन ।


Back_to_top