हुन्डाई आई २० एक्टिभ फेसलिफ्ट VS. फोर्ड फ्रिस्टाइल, तपाईको रोजाईमा कुन ?

काठमाडौं । हुन्डाइ मोटरले नयाँ ‘एक्टिभ आइ २० फेसलिप्ट’ सार्वजनिक गरेको छ । कम्पनीले  निलो र कालो कलर अप्शनमा बजारमा ल्याएको एक्टिव आइ २० फेसलिप्टको मुल्य भारतीय बजारमा ६ लाख ९९ हजार भारतीय रुपैयाँ तोकिएको छ । 

केही दिन अगाडि सार्वजनिक भएको फोर्डको फ्रि स्टाइल र ‘एक्टिभ आइ २० फेसलिप्ट’ बीच कडा प्रतिस्पर्धा हुने भारतीय संचार माध्यमले जनाएका छन् । हुन्डाईको एक्टिभ आई २० फेसलिप्ट कार हो भने, फोर्डको फ्रिस्टाइल नयाँ मोडल नै हो । 

योपनी पढ्नुस्ः आयो हुन्डाई एलिट आई २० फेसलिफ्ट

‘एक्टिभ आइ २० फेसलिप्ट’ मा कम्पनीले त्यति धेरै परिर्वतन भने गरेको छैन । तर, कारको फ्रन्ट ग्रिलमा ठूलै परिवर्तन गरिएको छ  । अगाडि र पछाडि बम्पर्स दिइएको यो कारमा तल लगाइएको नम्बर प्लेट परिवर्तन गरि माथी बम्परमा लगाइएको छ ।

पुरानो एक्टिभ आई २० को नै इन्जिन दिइएको यो कारमा  १.२ लिटर क्षमताको कापा ५ पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ८२ विएचपी पावर दिन्छ  । 

नयाँ फेसलिफ्टमा दिइएको ड्यासबोर्ड पूर्ण गाडा कालो कलरमा रहेको छ ।  ७.० इन्चको इन्फोटेन्डमेन्ट सिस्टम, आर्कमी साउन्ड सिस्टम र एन्ड्रोयड बेस रिमोटले कारलाई निकै रिच देखाएको छ । भने पहिलो पटक यो सेग्मेन्टको कारमा कम्पनीले अडेप्टिभ इसिएम डिस्प्ले र रियर क्यामेरा जडान गरेको छ । 

सुरक्षाकोलागि एन्टि लकिङ ब्रेकिङ सिस्टम दिइएको छ भने मिड रेञ्जमा ड्राइभर साईड र टप रेञ्जमा ड्राइभर र प्यासेन्जर दुबै एयरब्याग दिइएको छ ।

यस कारको लम्बाई ३९९५ एमएम रहेको छ भने चौडाई १७६० र व्हीलबेस २५७० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ । 

यो कारले १७.१९ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । कम्पनीले यसमा १६ इन्चको डायमन्ड कट अलोय ब्हीलको साथ रेडिएल ट्युवलेस टायर दिएको छ । यसको नेपाली बजारमा सुरुवाति मूल्य करिब ३० लाख रुपैयाँ पर्ने छ ।  

फोर्ड फ्रिास्टाइलसंग प्रतिस्पर्धा हुने 

फोर्ड इन्डियाको नयाँ क्रश ह्याचब्याक फ्रिस्टाइलमा नेपाली बजारमा मे १ तारिखबाट बिक्री वितरण सुरु भइसकेको छ । पेट्रोल इन्जिनको कारमात्रै अहिले नेपाली बजारमा आइरहेको छ । ४ भेरिएन्टमा नेपाली बजारमा आएको यो कारको सुरुवाति मूल्य २७ लाख रुपैयाँ देखि ३७ लाख रुपैयाँसम्म रहेको छ ।

योपनी पढ्नुस्ः फोर्ड फ्रिस्टाईल नेपाली बजारमा

१.२ लिटरको ३ सिलिण्डर युक्तः पेट्रोल इन्जिन रहेको यो कारले ९६ पीएस पावर तथा १२० एनएम टर्क उत्पादन गर्छ । यसले १९ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी रहेको छ । सेफ्टीको लागि ६ एयर ब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिष्ट्रिब्युसन, ट्रेक्शन नियन्त्रण प्रणाली, रियरभियु क्यामेरा र इमरजेन्सी असिस्टेन्सजस्ता सुविधा पाइने छ । यसबाहेक कारमा ६.५ इन्चटचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, पुस बटन स्टार्ट, कि–लेस ईन्ट्री, अटो हेडल्याम्पस् , रेन-सेन्सिङ वाईपर, १५–ईन्च अलो हुइल दिइएको छ । 


Back_to_top