यसरी अर्थमन्त्रीले सार्वजनिक गरे, हुन्डाईको इलेक्ट्रीक कार आयोनिक

काठमाडौं । हुन्डाई मोटर कम्पनीको नेपालको लागि आधिरकि वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले नाडा अटो शोमा आफ्नो बहुप्रतिक्षित हुन्डाई आयोनिक इलेक्ट्रीक कार सार्वजनिक गरेको छ । अटो शोको उद्घाटन समारोहपछि अर्थमन्त्री डा. यूवराज खतिवडाले उक्त कार सार्वजनिक गरेका हुन् । 

यसपटकको नाडा अटो शोमा ४ वटा इलेक्ट्रीक कार शो केस गरिएका छन् जसमा होन्डाई आयोनिक, टाटा टिगोर, रेनो जोइ र महिन्द्रा इभेरिटो रहेका छन् । 

दक्षिण कोरियामा निर्मित आयोनिक कारले एक पटकको फुल चार्जमा २२० देखि २५० किलोमिटर माइलेज दिनेछ । यो कारको अर्को विशेषता भनेको करिब १० प्रतिशत चार्ज कार गुडिरहेको बेलामा जेनेरेट गर्ने छ ।

यसमा दिइएको लिथिएम आयन पोलिमोर ब्याट्रीलाई फास्ट चार्जरबाट चार्जिङ गर्दा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिनेछ । यो अहिलेसम्मकै छिटो चार्ज हुने प्रविधि भएको कम्पनीले दाबी गरेको छ ।

यसमा दिइएको ८८ किलोवाटको इलेक्ट्रीक मोटरले ११९.७ एचपी पावर र २९५ एनएम टर्क उत्पादन गर्छ । यसले ० देखि १०० किलोमिटरको रफ्तार भेट्टाउन ९.९ सेकेन्डमात्र लगाउँछ । कम्पनीले कारको टप स्पीड १६५ किलोमिटर प्रतिघन्टा भएको जनाएको छ ।


Back_to_top