बहुचर्चित होन्डा अमेज नेपालमा, यस्तो छ मूल्य

काठमाडौं । होन्डालागि नेपालको आधिकारीक वितरक स्याकार कम्पनीले होन्डाको बहुचर्चित सेडान कार अमेज सार्वजनिक गरेको छ ।

यो होन्डाको सेकेन्ड जेनेरेशन अमेज हो । यसलाई कम्पनीले केही महिना अगाडि भारतीय बजारमा सार्वजनिक गरेको थियो । यही कारको कारण होन्डाले भारतीय बजारमा चौथो स्थान लिन सफल भएको छ ।

पुरानो अमेजभन्दा नयाँ अमेजमा धेरै फिचरहरु प्रिमियम र नयाँ लगाइएको छ । साथै, कम्पनीले यसको डिजाइनमा समेत फरक लुक्स दिएको छ ।

डिटेल स्पेशिफिकेशन हेर्न यहाँ क्लिक गर्नुस्

भारतीय बजारमा होन्डाले अमेजलाई ४ ट्रिम लेवल र १२ भेरिएन्टमा सार्वजनिक गरेको भएपनि नेपाली बजारमा अहिले एउटा मात्रै भेरिएन्ट सार्वजनिक गरिएको छ ।

कम्पनीले एसएमटी मोडलमात्र नेपाली बजारमा अहिले ल्याएको छ । यसको मूल्य ३५ लाख ६५ हजार रुपैयाँ तोकिएको छ ।

इन्जिन र क्षमता

नयाँ जेनेरेशन अमेजमा केही मेकानिकल परिर्वतन गरिएको छैन । यसमा १.२ लिटर पेट्रोल इन्जिन इन्जिन रहेको छ । १.२ लिटर पेट्रोल इन्जिनले ८९ बीएचपी पावर र ११० एनएम टर्क उत्पादन गर्छ । कारमा ५ स्पिड म्यानुयल ट्रान्समिसन गियर बक्स दिइएको छ ।

डिजाइन र फिचर

होन्डा अकर्डको १० औं जेनेरेशनको डिजाइनबाट प्रेरित यो कार पुरानो अमेजभन्दा निकै स्टाइलिस देखिएको छ । यसको इ भेरिएन्टमा क्रोम ग्रिल, डुअल टोन इन्टेरिएर थीम र पियानो ब्ल्याक कन्सोल लगाइएको छ ।

होन्डा अमेज एस एमटी भेरिएन्टमा इलेक्ट्रीक एडजस्टेवल र फोल्डेवल एलइडी टर्न इन्डिकेटर दिइएको छ । साथै, सार्क फिन एन्टीना र बडी कलर हैन्डल दिइएको छ । यसका अलावा किलेस इन्ट्री, अडियो कन्ट्रोल, टिल्ट स्टेरिङ, ४ स्पिकरको साथ २ डीन अडियो सिस्टम र ड्राइभर एडजस्टेवल सिट दिइएको छ ।

सुरक्षा

सुरक्षाको हिसावले यो कारमा कम्पनीले २ एयरब्याग, एबीएस, इबीडी, ब्रेक असिस्ट, चाइल्ड सिटट, रिर्भस पार्किङ सिस्टमदिइएको छ ।

माइलेज

माइलेजको हिसावले कारलाई होन्डाले निकै किफायती बनाएको छ । यसको पेट्रोल इन्जिन कारले १९.५ किलोमिटर प्रतिलिटर माइलेज दिने छ ।


Back_to_top