अटो शोमा बोल्दै अर्थमन्त्रीले भने यहीँ गाडी बनाउनुस्, सरकारले सहुलियत दिन्छ

काठमाडौं । नाडा अटो शो २०१८ विधिवतरुपमा सुरु भएको छ । काठमाडौंको भृकुटी मण्डपमा आयोजना भएको उक्त मेलाको उद्घाटन गर्दै अर्थमन्त्री डा यूवराज खतिवडाले गाडी एसेम्बल उद्योग स्थापना गर्न ब्यवसायीले प्रस्ताव ल्याए सरकारले खुलेरै सहुलियत बताए । 

‘हामीलाई सवारीसाधनको पहुँच बिस्तार, रोजगारी सृजनालगायत थुप्रै विषय सम्बोधन गर्नुपर्ने हुँदा यहाँ नै उद्योग स्थापना गर्ने हो भने राज्यले सक्दो सहयोग गर्ने छ’ उनले आफ्नो मन्तब्यको क्रममा भने । 

अहिले अटोमोबाइल क्षेत्रले कुल राजस्वको १५ प्रतिशत योगदान गरेको जनाउँदै उनले भने यहाँ एसेम्बल उद्योग स्थापना गर्ने हो भने आयात समेत घट्ने थियो । 

अहिले चलिरहेको ‘आयातमुखी अर्थतन्त्रबाट देशलाई क्षणिक लाभ भएपनि दीर्घकालमा यसको नकारात्मक असर पर्ने अनको दाबी थियो । 

कार्यक्रममा नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले भने ‘सरकारले राजस्व यस क्षेत्रबाट धेरैपाएपनि यस क्षेत्रको विकासमा उदासिनता देखाएको बताए । नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष भवानी राणाले मन्तब्य राख्दै भनिन् ‘सरकारले वतावरण निर्माण गर्ने हो भने नेपाली निजी क्षेत्र उद्योगमा लगानी गर्न तयार रहेको छ ।’

कार्यक्रममा बोल्ने अधिकंश बक्ताहरुले सवारीसाधनलाई विलासीताको बस्तुको रुपमा नर्हेन सरकारसँग माग राखेका थिए ।  


Back_to_top