हुन्डाई आयोनीक सिक्सको रेन्ज ६१४ किलोमिटर

काठमाडौं । कारियन अटोमोवाइल कम्पनी हुन्डाई मोटर्सको पछिल्लो इलेक्ट्रीक उत्पादन आयोनीक सिक्सले एक पटकको फुल चार्जमा ६१४ किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यो रेन्जलाई धेरैले विश्वसनिय भनेका छन् ।

विद्युतीय गाडीको रेन्ज परिक्षण गर्ने सयौं संस्था मध्ये डब्लूएलटीपी निकै विश्वसनिय मानिन्छ । हुन्डाईले आयोनीक सिक्सको टप भेरियन्टमा दिइएको ७७.४ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ६१४ किलोमिटर रेन्ज दिएको हो । रियर ह्वील ड्राइभ र १८ इन्चको ह्वीलमा यो भेरियन्ट आउने छ । यसको २० इन्चको ह्वील भएको भेरियन्टले भने ५४५ किलोमिटर रेन्ज प्रदान गर्छ ।

अल ह्वील ड्राइभ सिस्टमसहित १८ इन्चको ह्वील भएको भेरियन्टले ५८३ किलोमिटर र अल ह्वील ड्राइभ सिस्टमसहित २० इन्चको ह्वील भएको भेरियन्टले ५१९ किलोमिटर रेन्ज प्रदान गर्ने छ ।

हुन्डाईले आयोनीकमा सानो ५३ किलोवाट आवरको ब्याट्री पनि दिएको छ । यसले भने सिंगल चार्जमा ४२९ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको हो । यो भेरियन्ट रियर ह्वील ड्राइभ सिस्टममा आउने छ ।

हुन्डाईको इलेक्ट्रीक प्लेटफर्म ‘इजीएमपी इलेक्ट्रीक स्केटबोर्ड आर्किटेक्चर’मा बनेको आयोनीक सिक्स निकै आकर्षक छ । प्रदुषण रहित सेडानलाई हुन्डाईले रेट्रो डिजाइन ल्याङ्वेजमा आधारित रहेर तयार गरेको हो । तर, अहिलेको बजार मागलाई सम्बोधन गर्न थुप्रै आधुनिक ‘एलिमेन्ट’ दिएको देखिन्छ ।

नयाँ आयोनीक सिक्सको अगाडि र पछाडिको भागलाई झट्ट हेर्दा पोर्श्चेको भिन्टेज कारको याद दिलाउँछ । अत्याधुनिक प्रविधिले बनाइएको एरोडाइनामीक सेपको बडीका कारण यसको ड्रयाग कोफिसीयन्ट मात्र ०.२१ रहेको छ ।

यसको इन्टेरियरमा दुईवटा १२ इन्चको स्कृन, फ्ल्याट बटम स्टेरिङ ह्वील, सफा र सफेद ड्यासबोर्ड, नयाँ सेन्टर कन्सोल, डाउनवार्ड स्लोपीङ डोर आर्मरेष्ट, ६४ थरी कलर परिवर्तन हुने एम्बीयन्ट लाइट, इन्ट्रीगेटेड डिजिटल मिरर पाउन सकिन्छ ।

लेगरुम बढाउन सहयोग पुग्ने भएकोले यसको ह्वीलवेस पनि निकै लामो दिइएको छ । नयाँ कारको ब्याट्री र अन्य फिचर आयोनीक फाइभसँग मिल्दो जुल्दो भएपनि रेन्ज भने केही बढेको छ । यो कारमा १६७ किलोवाट र २३८ किलोवाट क्षमताका मोटर प्रदान गरिएको छ ।


Back_to_top