नयाँ वर्षमा हुन्डाईको गाडी एक्स्चेन्ज गर्नेलाई ५० हजार बोनस

काठमाडौं । हुन्डाई मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्ष २०७६ लक्षित गर्दै आकर्षक योजना ल्याएको छ । कम्पनीले हुन्डाई न्यू इयर डिलाइट योजना सार्वजनिक गरेको हो ।

यो योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत ५० हजारसम्मको एक्सचेन्ज बोनस तथा १५ हजारको लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन् ।

सबै हुन्डाई गाडीहरू चार वर्षको निःशुल्क सर्भिसिङ तथा तीन वर्षको वारेन्टी उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरी १५ डिलरहरू तथा १७ सर्भिस सेन्टरहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर्सले आफ्ना सबै  मोडलमा उक्त अफर ल्याएको हो ।  


Back_to_top