हुन्डाईले भारतमा क्रसओभर मोडल ल्याउने

काठमाडौं । कोरियन निर्माता हुन्डाईले भारतमा क्रसओभर मोडल ल्याउने भएको छ । कम्पनीले युरोपियन बजारमा बिक्री गर्दै आएको बायोनमा आधारित रहेर क्रसओभर मोडल ल्याउने भएको हो ।

यसअघि कोरियन निर्माताले भारतमा आई २० एक्टीभमा क्रसओभर मोडल उत्पादन गरेको थियो । तर, पछि घट्दो बिक्रीको कारण आई २० एक्टीभको उत्पादन बन्द भएको थियो ।

मारुती सुजुकीले फ्रङ्क्स क्रसओभर मार्फत बजारमा राम्रो बिक्री र चर्चा पाउन सफल भएसँगै हुन्डाईले पनि नयाँ क्रसओभर मोडल ल्याउने तयारी थालेको हो । सन् २०२६ को सुरुवातबाटै बजारमा आउने अनुमान गरिएको नयाँ क्रसओभर मोडलमा रहने फिचर लगायतका कुरा बाहिर आएका छैनन् ।

भारतमा बढ्दो एसयूभी क्रेजलाई सम्बोधन गर्न हुन्डाईले आफ्नो चर्चित प्रिमियम ह्याचव्याक आई २० कै प्लेटफर्ममा नयाँ क्रसओभर आउने अनुमान गरिएको छ । यसलाई ईभीमा ल्याउँछ वा ल्याउँदैन कम्पनीले एकिन जानकारी दिएको छैन ।


Back_to_top