काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर गोल्छा अर्गनाइजेशनको सदस्य संस्था साँग्रिला मोटर्सले तीन ब्राण्डका गाडीहरु एउटै थलोमा एक्सचेन्ज गर्न सकिने बनाएको हो ।
कम्पनीले फ्रान्समा उत्पादन भएका प्यूजो र सिट्रोनका प्रिमियम एसयूभी, सिट्रोनले भारतमा उत्पादन गरेको सीथ्री र इसीथ्री मोडल पनि कार्निभलमा राख्ने छ । साथै, चीनमा बनेकाे लीपमोटरको चर्चित र ठूलो एसयूभी सी-१० मुख्य आकर्षणको रुपमा पाउन सकिन्छ ।
साँग्रिला मोटर्सले गर्ने कार्निभलमा फ्रान्स, भारत र चीनमा उत्पादन भएका गाडी उपलब्ध हुनेछ । कुनै पनि ब्राण्डका पुराना गाडी दिएर नयाँ गाडी खोज्ने तथा नयाँ गाडी किन्नेको लागि कम्पनीले गर्ने कार्निभल उत्कृष्ट हुनसक्छ ।
कम्पनीले काठमाडौं गैरीधारामा रहेको सिल्भर ओकमा नयाँ वर्ष लक्षीत ‘नयाँ वर्ष एक्सचेन्ज कार्निभल २०२५’ आयोजना गर्न लागेको हो । कम्पनीले पुस १२ र १३ गते (डिसेम्बर २७ र २८ तारिख) दुई दिनसम्म उक्त कार्निभल संचालन गर्ने जनाएको छ ।
कार्निभलमा सहभागिता जनाउनेले जुनसुकै ब्राण्डको गाडी टेष्ट ड्राइभ गर्न पाउने छन् । एक्सचेन्जमा आकर्षक मूल्याङ्कन र सहजै फाइनान्स सुविधा उपलब्ध गराउने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
शुक्रबार र शनिवार दुबै दिन विहान १० बजेदेखि ५ बजेसम्म चल्ने उक्त कार्निभलमा ३५ लाखदेखि माथि मूल्यका गाडी पाउन सकिनेछ ।

