नोभेम्बर ७ मा आउला हुन्डाई सेन्ट्रो, यस्तो हुने छ मूल्य

काठमाडौं । नेपाली बजारमा सर्वाधिक चर्चित मध्येकाे एक कार  हुन्डाइ सेन्ट्रोकाे नयाँ जेनेरेशन अाउने भएकाे छ ।  हुन्डाइले यस बर्षको दिपावलीको अबसर परेर सेन्ट्रो सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार सम्भवत नोभेम्बर ७ मा सेन्ट्रो सार्वजनिक हुने अड्कल गरिएको छ । 

बिभिन्न एजेन्सीले लगाएको अनुमान अनुसार भारतीय बजारमा यो कारको मूल्य ३ लाख ५० हजार भारु रहने छ । 

नयाँ सेन्ट्रोको कयौ पटक टेष्ट भइसकेको छ । तर, आधिकारीक रुपमा कम्पनीले भने कुनै कुरा बाहिर ल्याएको छैन । 

बाहिरी चर्चा अनुसार यस कारमा आइटेनको १.१ लिटर पेट्रोल इन्जिनमा आउने सम्भावना रहेको छ । साथै, अटोमेटिक गिएरमा समेत आउने छ ।  

यो नयाँ सेन्ट्रो फ्लूडिक स्कल्पचर २.० डिजाइन अनुसार निर्माण हुने जनाइएको छ । 

यो कारमा नयाँ टचस्कृन र क्लाइमेट कन्ट्रोल अप्सन दिने जनाइएको छ साथै, पुरानो तुलनामा नयाँ सेन्ट्रोमा भित्री स्पेशपनि धेरै हुने जनाइएको छ । 

नेपालमा कहिले ?

नेपाल र भारतमा एकै पटक सार्वजनिक गर्न नेपालको लागि हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले प्रयास गरिरहेको बुझन आएको छ । 

यदि यसो भयो भने नेपाली बजारमा पनि हुन्डाई सेन्ट्रो डिसेम्बरबाट नै आउने छ । यसको यसअघिको संस्करण निकै रुचाइएको कार हो । 


Back_to_top