क्रुज अबतारमा बजाजको यो बाइक

काठमाडौं । बजाजले आफ्नो प्रिमियम ब्रान्ड डोमिनारलाई नयाँ रुपमा ल्याउने तयारी गरेको छ । अहिलेसम्म स्पोर्टी स्वारुमका देखिएको डोमिनारले अब स्पोर्टीको साथ क्रुजको अबतार लिने तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । 

बजाज डोमिनार अहिले बजारमा स्पोर्टस टुअर मोडलमा उपलब्ध रहेको छ । नयाँ डोमिनारमा पुरानै इन्जिन ३७३.३ सीसीको सिङ्गल सिलिन्डर दिइने भएको छ । 

यो बाइकको इन्जिनले ३५ पीएस पावर र ३५ एनएम टर्क उत्पादन गर्छ । ६ स्पिड म्यानुल गियर रहेको यस बाइकमा डुअल चेन एबीएस फिचरसमेत उपलब्ध हुने छ । कम्पनीले २०१८ काे अन्त्यसम्म बजारमा ल्याउने तयारी गरेकाे छ । 


Back_to_top