काठमाडौं । भारतमा एम्पियर भेइकलले लिथियम–आयन ब्याट्री प्याकको साथ दुई ई–स्कूटर एम्पियर भि–४८ र रिओ लिथियम–आयनलाई मे ११ मा लन्च गरेको छ ।
गत वर्ष मेमा एम्पियर भेकलले लीड–एसिड ब्याट्री स्कूटरको लागि कम लागतको चार्जर लन्च गरेको थियो । त्यसपछि, कम्पनीले लिथियम–आयन ब्याट्री पावर स्कुटरको लागि इलेक्ट्रिक मोटर्स, ब्याट्री कन्ट्रोलर र चार्जरहरू बनाउन सुरु गरेको हो ।
भि–४८ स्कुटरको मूल्य ३८ हजार रहेको भने रियो लिथिएम आयनको मुल्य ४६ हजार रहेको छ । दुबै स्कुटरमा लिथियम आयन ब्याट्री दिइएको छ ।
दुबै स्कुटरको टप स्पिड क्षमता प्रतिघण्टा २५ किलोमिटर रहेको छ । एम्पेरा भि–४८को तौल १०० किलोग्राम छ भने, दुबै स्कुटर फुलचचार्जमा ६५ देखि ७० किलोमिटरसम्म चलाउन सकिन्छ । यी स्कुटर चार्ज हुन ४ देखि ५ घन्टा समय लाग्ने कम्पनी जनाएको छ ।
कम्पनीले अहिलसम्म ३५ हजार स्कूटरहरू बिक्री गरिसकेको जनाएको छ ।