हुन्डाईले ल्यायो नयाँ एमपीभी

काठमाडौं । दक्षिण पूर्व एशियाको विकासशील बजारहरूमा एमपीभीको लोकप्रियता बढेसँगै हुन्डाईले पनि नयाँ एमपीभी सार्वजनिक गरेको छ ।

कम्पनीले २०२३ मोडल हुन्डाई स्टारगेजर एमपीभी थाइल्याण्डमा सार्वजनिक गरेको हो । यो गाडीको बेस ट्रेन्ड ट्रिमको प्रारम्भिक मूल्य ७ लाख ६९ हजार भाट कायम गरेर विक्री सुरु गरेको हो ।

त्यसैगरी, ब्ल्याक रुफ भएको ६ सिट क्षमता भएको कारको मूल्य भने ९ लाख ९ हजार भाट तोकिएको छ । कम्पनीले यो गाडीलाई ६ र ७ सिट क्षमतामा ल्याएको छ । हुन्डाईले नयाँ एमपीभीमा आइभीटी गियरबक्स दिएको छ ।

हुन्डाई क्रेटाको जस्तै यसमा पनि १.५ लिटर नेचुरल्ली एस्पीरेटेड पेट्रोल इन्जिन पाउन सकिन्छ । यसले ११५ पीएस पावर र १४४ एनएम टर्क प्रदान गर्छ ।

२०२३ मोडल हुन्डाई स्टारगेजर एमपीभीको लम्बाई ४४६० एमएम, चौडाई १७८० एमएम र उचाई १६९५ एमएम रहेको छ । यसको ह्वीलबेस भने किया क्यारेन्सको समान २७८० एमएम छ ।

यो गाडीमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, एन्ड्रोइड अटो र एप्पल कारप्लेको साथमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्टेयरिङ माउन्टेड अडियो कन्ट्रोल, क्रुज कन्ट्रोल, एलइडी हेडलाइट पाउन सकिन्छ ।

यसमा एलइडी टेल लाइट, १६ इन्चको अलोय ह्वील, वायरलेस चार्जर, एम्बियन्ट लाइटिङ, दोस्रो र हुन्डाई स्मार्टसेन्स एडीएएस सुइट लगायत फिचर्स पाउन सकिन्छ ।


Back_to_top