नयाँ इलेक्ट्रीक ह्याचब्याक कार ल्याउँदै रेनो

काठमाडौं । फ्रेन्च अटोमोबाइल कम्पनी रेनोले विद्युतीय कारको विकास तिब्र बनाएको छ । यूरोप र चीनमा रहेको आफ्नो प्लान्टबाट ईभी उत्पादन गर्दै आएको रेनोले अब भारतमा पनि ईभी उत्पादन गर्दैछ ।

सन् १९७०को दशकमा अमेरिकी बजारमा निकै सफल मोडल रेनो ५ को नेम प्लेटलाई प्रयोग गरेर नयाँ विद्युतीय कार बजारमा ल्याउने तयारीमा कम्पनी जुटेको हो । कम्पनीले यसअघि नै रेनो ५ ईभीको प्रोटोटाइप देखाएको थियो ।

यसको उत्पादनमा निकै अगाडि बढिसकेको कम्पनीले जनाएको छ । उक्त नयाँ सिटी कारलाई सन् २०२४ बाट बजारमा विक्री सुरु गर्ने अन्तर्राष्ट्रिय मिडियाहरुले दावी गरेका छन् ।

सीएमएफ ईभी प्लेटफर्ममा आधारित ह्याचब्याक रेनो ५ ‘रेनो–निसान र मित्सुबिशी’ले संयुक्तरुपमा तयार पारेको ईभी प्लेटफर्ममा बन्न लागेको हो । यो इलेक्ट्रीक कार विशेषगरी युरोपमा बि–सेगमेन्ट गाडी खोज्नेको लागि ध्यानमा राखेर डिजाइन गरिएको हो ।

कम्पनीका अनुसार यो इभीमा प्रयोग हुने ७० प्रतिशत कम्पोनेन्ट रेनो स्लियो, क्यापटर लगायतका इन्टरनल कम्बस्चन इन्जिनयुक्त सवारीमा प्रयोग भएको हुनेछ ।

यसमा डिसी कन्भर्टर, ब्याट्री चार्जर, इनर्जी डिस्ट्रिब्युसन एसेशरिज बक्स लगायतका टुल्सहरु पाउन सकिने छ । कम्पनीले यसमा प्रयोग हुने ब्याट्री बारे पनि कुनै विवरण सार्वजनिक गरेको छैन ।

रेनो ५ अहिले यूरोपमा परिक्षण भइरहेको छ । यसलाई कम्पनीले पोलार सर्कल नजिकै रहेको स्विडेनको अर्भिदजौर क्षेत्रको चिसो मौसममा परिक्षण गरिरहेको देखिएको थियो ।

उक्त परीक्षणमा कम्पनीका इन्जिनियरले गाडीको प्रत्येक कम्पोनेन्टलाई २२ डिग्री फरेनहाइट अर्थात् माइनस ३० डिग्री सेल्सियसको तापक्रममा परीक्षण गर्दै आएको छ ।


Back_to_top