काठमाडौं । हुन्डाईले ‘अनबिटेबल एक्सचेञ्ज’ अफर ल्याएको छ। हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आजदेखि उक्त एक्सचेञ्ज अफर सुरू गरेको हो ।
यस अफर अन्तर्गत ग्राहकले आफ्नो कुनै पनि ब्रान्डको पुरानो गाडीसँग हुन्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त वा विद्युतीय गाडी साट्न सक्नेछन् ।
साथै, एक्सचेन्जमा ग्राहकहरूले आफ्नो गाडीको बजारको प्रचलित मूल्याङ्कनभन्दा न्यूनतम ५० हजार रुपैयाँ थप पाउने छन् । त्यस्तै, विद्युतीय सवारी खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँसम्मको गो ग्रीन बोनस पनि पाउने छन् ।
यसैगरी, ग्राहकले विभिन्न मोडलहरूको गाडी खरिदमा नगद ६ लाख रुपैयाँसम्मको आकर्षक छुट पाउने छन् । साथै हुन्डाई शोरुममा गएर आफ्नो गाडीको मूल्याङ्कन गराइ र हुन्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू पनि जित्न सक्नेछन् ।
यो योजना देशभरका हुन्डाईको शोरुममा लागू हुनेछ । यस एक्सचेन्ज योजनामा विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका हुन्डाईका कम्प्याक्ट एसयूभी, एसयूभी, ईभी र ह्याचब्याकमध्येबाट आफ्नो रोजाइ र आवश्यकताअनुसार छनेट गर्न सक्नेछन्। सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १७ शोरुम, १९ सर्भिस सेन्टर र ४३ चार्जिङ प्वइन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।


