काठमाडौं । इलेक्ट्रीक दुईपांग्रे उत्पादक एथर इनर्जीले नयाँ स्कुटर ल्याउने भएको छ । कम्पनीले अंग्रेजी नयाँ वर्ष २०२४ को सुरुआतमा एथर एक्स ४५० को पावरफुल भेरियन्ट ‘एपेक्स’ ल्याउने भएको हो ।
कम्पनीले एक टिजर सार्वजनिक गर्दै नयाँ स्कुटर एपेक्स हुने खुलासा गरेको हो । एथरका सीईओ तरुण मेहेताका अनुसार एपेक्स ४५० एक्सभन्दा पावरफुल हुनुका साथै यो स्कुटर सेग्मेन्टमै सबैभन्दा धेरै फिचर भएको स्कुटर हुनेछ ।
उनका अनुसार ४५० एक्स कै डिजाइन एपेक्स आउने छ । साथै, यसमा ४५० एक्समा भएको ३.७ किलोवाट ब्याट्री प्याक उपलब्ध हुनेछ । यसमा ६.४ किलोवाटभन्दा धेरै क्षमताको मोटर हुनेछ ।
यसमा क्रुज कन्ट्रोल, डबल च्यानल एबीएस जस्ता फिचर हुने अनुमान गर्न सकिन्छ ।
एथर एपेक्सको मूल्य १ लाख ६० हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य हुने अपेक्षा गर्न सकिन्छ । यो एथर ४५० एक्सको तुलनामा १० हजार महँगो हुनेछ ।


