हुन्डाईको नयाँ कार भेन्यू प्रतिघण्टा ८४ वटा बुकिङ, बनायो नयाँ रेकर्ड

भारतीय बजारमा बहुप्रतिक्षित कारको रुपमा रहेको हुन्डाई भेन्यू प्रतिघण्टा ८४ वटा बुकिङ भइरहेको छ । यो कार बुकिङका लागि २१ हजार भारु तिर्नुपर्छ । कार बुकिङ अनलाइन तथा डिलरहरुमा गएर गर्न सकिने छ । 

बुकिङ खुल्ला गरेकै दिन २ हजारभन्दा बढी बुकिङ भएर हुन्डाई भेन्यूले नयाँ रेकर्ड कायम गरेको कम्पनीले जनाएको छ । भारतको सेमि–अर्वान क्षेत्रबाट आउँदै गरेको नयाँ एसयूभी भेन्यू सबैभन्दा बढी बुकिङ आएको हुन्डाई मोटर्स इन्डियाका नेसनल सेल्स हेड विकास जेनले बताए । 

भारतमा हुन्डाई भेन्यूको बिक्री मे२१ देखि हुने तालिका कम्पनीले सार्वजनिक गरेको छ । यो कारले मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन, फोर्ड इकोस्पोर्ट, होन्डा डब्लूआर–भीलगायत कारसँग प्रतिस्पर्धा गर्नेछ । 

भेन्यू १.० लिटर टर्बो पेट्रोल, १.२ लिटर पेट्रोल र १.४ लिटर डिजेल इन्जिन अप्सनमा उपलब्ध हुनेछ । कारको फ्रन्ट साइडमा उपलब्ध क्यासकेडिङ ग्रिलले भेन्यूलाई थप स्पोर्टी बनाएको कम्पनीको विश्लेषण छ । यो कारको आकार हुन्डाई क्रेटा भन्दा केही सानो रहेको  जनाइएको छ । 

१.४ लिटर पेट्रोल इन्जिनले ९९ बीएचपी पावर दिन्छ । डिजेल इन्जिनयुक्त भेन्यू पनि १.४ लिटरमै उपलब्ध हुनेछ जसले ८९ बीएचपी पावर दिन्छ । त्यस्तै १.० लिटर ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिनमा समेत आउने छ । 

एन्ड्रोइड अटो तथा एप्पल कारप्ले सपोर्ट गर्ने ठूलो आकारको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम र सनरुफसमेत रहेको छ । यो कारमा डियूल फ्रन्ट एयरब्याग, एबीएस वीथ इबीडी र रेयर पार्किङ सेन्सर उपलब्ध रहेको छ । 

स्मार्ट व्ल्यूलिङक कनेक्टीभीटी समेत रहने यो कार निकै अघिदेखि नै चर्चामा रहेको थियो । 


Back_to_top