५ एक्सचेन्ज हाउससँगको सहकार्यमा हुन्डाईको ‘ह्वील्स अफ चेन्ज’ स्कीम

काठमाडौं । हुन्डाईले उपत्यका भित्र रहेका ठूला एक्सचेन्ज हाउससँगको सहकार्यमा ‘ह्वील्स अफ चेन्ज’ स्कीम संचालनमा ल्याएको छ । पुरानो कुनै पनि गाडी ल्याएर नयाँ एक्सचेन्ज गर्ने सुविधा ग्राहकले यो स्कीममा पाउने छन् ।

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘ह्वील्स अफ चेन्ज’ स्कीममा हुन्डाईको नयाँ गाडीसँग कुनै पनि ब्राण्डको पुरानो गाडी ल्याएर हुन्डाईको इलेक्ट्रीक र पेट्रोलियम पदार्थबाट चल्ने कार एक्सचेन्ज गर्न पाउने छन् ।

हुन्डाईसँग अहिले ह्याचव्याकमा आई १० नियोस, आई २० जस्ता मोडल छन् । सेडानमा अउरा, सानो एसयूभीमा भेन्यू, क्रेटा, टुसान, शान्ताफे, प्यालिसेड जस्ता मोडल छन् । त्यसैगरी ईभीमा कोना र आयोनीक ५ उपलब्ध छ ।

यस एक्सचेन्ज योजनामा गाडी किन्ने ग्राहकले ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ सेवा पाउने छ ।

यो योजनामा ग्राहकलाई हुन्डाईका विभिन्न मोडल अनुसार १ लाखदेखि ५ लाखसम्म नगद छुट, १ लाख ५० हजारसम्मको एक्सचेन्ज बोनस र २५ हजारसम्मको एसेसरिज पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

एक्सचेन्ज अफरका लागि कम्पनीले काठमाडौं अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप, आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ अटोमोबाइल इन्टरप्राइजेजसँग सहकार्य गरेको जनाएको छ ।


Back_to_top