काठमाडौं । भेष्पा तथा अप्रिलिया स्कुटरमा मनसुन अफर सार्वजनिक भएको छ । कम्पनीले भेष्पा तथा अप्रिलिया स्कुटरमा नगद छुटका साथै फाइनान्स स्कीम ल्याएको हो ।
कम्पनीले ल्याएको स्कीममा १० हजार छुट तथा ५ प्रतिशत व्याजदरमा नै कर्जा उपलब्ध गराउने जनाएको छ ।
अप्रिलिया तथा भेष्पा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी डेल्टा अटोकर्पले ल्याएको मनसुन स्कीममा नगदमा स्कुटर किन्नेले नगद छुट तथा फाइनान्समा स्कुटर किन्ने ग्राहकलाई ५ प्रतिशतमा कर्जा दिने भएको हो । यसका अलावा एक्सचेन्ज मार्फत स्कुटर खरिद गर्न चाहाने ग्राहकको पुरानो मोटरसाइकल तथा स्कुटरमा १० हजार थप मूल्याङ्कन दिने भएको हो ।
यो स्कीममा कुनैपनि ब्राण्डको पुरानो मोटरसाइकल तथा स्कुटरसँग नयाँ भेष्पा तथा अप्रिलियाका स्कुटर खरिद गर्न सकिने छ ।
अगष्ट महिनाभर चल्ने यो स्कीम देशभर रहेको डिलर नेटवर्कबाटमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
डेल्टा अटोकर्पले भेष्पाको ९ भेरियन्टका स्कुटर र अप्रिलियको ५ भेरियन्ट स्कुटरको विक्री गर्दै आएको छ ।
भेष्पा स्कुटरको मूल्य ३ लाख १ हजार ९४६ रुपैयाँदेखि ४ लाख ४४ हजार ४४६ रुपैयाँसम्म रहेको छ । कम्पनीले १२५ सीसी र १५० सीसीका स्कुटर विक्री गर्दै आएको छ । त्यस्तै अप्रिलिया तर्फ २ लाख ७८ हजार ९०० रुपैयाँदेखि ४ लाख ६५ हजार रुपैयाँसम्म निर्धारण गरेको छ ।
यस्तो छ नयाँ मूल्यसूची

