चालक नचाहिने इलेक्ट्रीक कार, १२०० किमि रेञ्ज र ६०० एचपी पावर

भारतमा आयोजना हुने अटो एक्स्पो २०२० मा इटलियन कम्पनी आईकोनाले नयाँ इलेक्ट्रीक कार ‘न्यूक्लस’ सार्वजनिक गर्ने भएको छ । उक्त इलेक्ट्रीक कार ड्राइभर लेस हुने छ ।

यो कार अटोनोमस ड्राइभिङ लेभल ५ बराबरको हुने कम्पनीले जनाएको छ, जुन रेगुलरको तुलनामा दुई जेनेरेशन अगाडि रहेको कम्पनीले जनाएको छ । यो कार निकै पावरफुल रहेको जनाइएको छ । पाँचौ लेभलको होलोमेटिक ड्राइभिङ सिस्टम रहने यो कारमा ११० किलोवाटको मोटर प्रयोग गरिएको छ ।

निकै पावर फुल रहेको यसको मोटरले ६०० एचपी पावर प्रदान गर्नेछ भने बोलोरो व्ल्यू सोलुसनको ४ अल्फा एल १५०० व्याट्री प्रयोग गरिएको छ । उक्त व्याट्रीलाई एकपटकको फुलचार्जमा १२०० किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।

यो गाडीको लम्बाई ५२५९ एमएम, चौडाई २११५ एमएम र उचाई १७४२ एमएम रहने छ । कुल तौल २ हजार ५० केजी रहेको यसको ह्वीलवेस ३३१० एमएम रहेको छ ।

यसलाई कम्पनीले लग्जरी भेरियन्टमा तीन सिट दिएको ट भने स्टायडर्ड मोडलमा ६ सिट दिएको छ । यो कारले ० देखि १०० किलोमिटरको स्पीड केवल ३.५ सेकेन्डमा भेट्टाउने कम्पनीको दाबी छ ।

यो गाडी पूर्णत डिजिटल प्रविधिमा आधारित रहने छ । त्यसैले यसमा पर्सनल कन्ट्रोल, सेन्टर ट्राभल ड्यासबोर्ड, मल्टीडिस्प्लीनरी मिडिया सिस्टम, मोवाइल अफिस एसेस किट र वायरलेस डिभाइस चार्जर जस्ता फिचर रहने छन् ।


Back_to_top