काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नर्भिक इन्टरनेश्नल हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक इन्टरनेश्नल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण धरले हस्ताक्षर गरे ।
सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म नर्भिक इन्टरनेश्नल हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त गर्ने छन् ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहक महानुभावहरुसंग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्न व्यवस्थापन प्रतिवद्ध रहेको जानकारी दिए ।

