यी हुन् नेपाली सडकमा गुड्ने ब्रान्ड, तपाईको रोजाईमा कुन् ?

काठमाडौं । आफूसँग भएकोभन्दा राम्रो खोज्ने मानवीय स्वभाव नै हो । यो खानेकुरादेखि आफूले चढ्ने सवारीसाधनसम्ममा लागू हुन्छ । मानिसको चाहना पूरा गर्न ‘च्वाइस’को महत्वपूर्ण भूमिका हुन्छ । अहिले ब्रान्ड–ब्रान्डबीचमात्र नभएर समान ब्रान्डमा समेत च्वाइस धेरै हुन थालेको छ । 

चलेका र उपलब्धताका आधारमा धेरैले एकै ब्रान्ड उपयोग गर्ने गरेको पाइन्छ । तर, आफूले प्रयोग गर्ने लत्ता कपडा होस् या सवारीसाधनको ब्रान्ड पृथक होस् भन्ने चाहना धेरैको हुन्छ । त्यसैले विश्वमा सयौं ब्रान्डका सवारी उत्पादन तथा बिक्री हुँदैआएको छ । 

नेपाली सडकमा समेत दर्जनौं ब्रान्डका सवारी गुड्दैआएका छन् । समयक्रमअनुसार नयाँ ब्रान्ड आउने निश्चितप्रायः छ । सवारीसाधन प्रयोगकर्ता बढेसँगै विदेशका प्रतिष्ठित ब्रान्डका सवारी नेपाल भित्र्याउन यहाँका व्यावसायिक घरानाहरूमा समेत व्यापक प्रतिस्पर्धा बढेको छ ।

टोयोटा

नेपालमा व्यावसायिक बिक्री–बितरणको लागि ल्याइएको पहिलो सवारीसाधन टोयोटा हो । वैद्यज् अर्गनाइजेशन अन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेटले जापानको प्रतिष्ठित कार निर्माता कम्पनी टोयोटाको गाडी बिक्री गर्दैआएको छ । 

हुन्डाई

दक्षिण कोरीयाली कार निर्माता कम्पनी हुन्डाईको गाडी नेपालमा लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले आधिकारीक बिक्रेताको रुपमा बिक्री–वितरण गर्दै आइरहेको छ । हुन्डाईका इन्ट्री लेभल कारदेखि महंगा विलासी गाडीसम्म नेपाली बजारमा बिक्री हुँदैआएको छ । 

मारुती/सुजुकी

नेपाली सडकमा दसकौंदेखि जापानी कम्पनी सुजुकीको भारतीय उत्पादन बिक्री हुँदैआएको छ । सुजुकीका धेरै मोडलका गाडी बजारमा उपलब्ध रहेका छन् । नेपालमा विगत लामो समयदेखि ट्याक्सीमा एकछत्र मारुती सुजुकीनै रहेको छ । सुजुकीका ह्याचब्याक, सेडान तथा एसयूभी सवारी नेपाली बजारमा बिक्री हुँदैआएको छ । सुजुकी ब्रान्ड नेपालमा चौधरी समूहको भगिनी संस्था सीजीमोटोकर्पले बिक्री–वितरण गदै आएको छ । 

होन्डा 

नेपालमा होन्डा कारको आधिकारीक बिक्रेताको रुपमा ज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङ प्रालि रहेको छ । जापानी कार निर्माता कम्पनी होन्डाका धेरै लक्जरी कार गुड्दैआएका छन् । 

फोर्ड

अमेरिकी कार उत्पादक कम्पनी फोर्डका कार नेपाली सडकमा गुड्दैआएका छन् । गोल्छा अर्गनाइजेशनअन्तर्गतको जीओफोर्डले फोर्ड कम्पनीका गाडी बिक्री गर्र्दैआएको छ । 

डाइहात्सु

जापानी कार निर्माता डाइहात्सु कम्पनीका गाडी पनि गोल्छा अर्गनाइजेशनअन्तर्गतकै कम्पनी नेपालको आधिकारीक बिक्रेताको रुपमा रहेको छ । डाइहात्सुका ह्याचब्याकर एसयूभी सेगमेन्ट गाडी उपलब्ध रहेका छन् । 

टाटा

भारतीय गाडी निमार्ता कम्पनी टाटाका प्यासेन्जर कारसमेत नेपाली बजारमा उपलब्ध छन् । सिप्रदी ट्रेडिङप्रालि टाटा कारको आधिकारिक बिक्रेता रहेको छ । 

निसान

जापानीकार निर्माता कम्पनी निसानको आधिकारी बिक्रेता पायोनियर मोटर्स हो । निसानका सवारी धेरै अघिदेखि नेपाली सडकमा गुड्दैआएका छन् । 

फक्सवागन

फक्सवागन ब्रान्डका कार नेपाली बजारमा लोकप्रिय रहेका छन् । जर्मनी सवारी निर्माता फक्सवागनका गाडी विशाल समूहअन्तर्गत रहेको पूजा इन्टरनेशनलले बिक्री गर्दैआएको छ । 

स्कोडा 

चेक गणतन्त्रको सवारी स्कोडाका कार नेपाली सडकमा गुड्दैआएका छन् । एमएडब्लू इन्टरप्राइजेज स्कोडा कारको आधिकारिक बिक्रेता रहेको छ । 

फियाट

इटालियन सवारी निर्माता कम्पनी फियाटका सवारी नेपालमा लाइफ अटोमोबाइलले बिक्री गर्दैआएको छ । 

ड्याटसन

जापानी सवारी उत्पादक कम्पनी निसानको सिस्टर कम्पनीको रुपमा रहेको ड्याटसनका कार नेपाली सडकमा गुड्छन् । सारडा समूहले डटसनका सवारी बिक्री गर्दैआएको छ । 

किया

दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाका कार नेपालमा लामो समयदेखि बिक्री हुँदैआएको छ । कियाका गाडी कन्टिनेन्टल ट्रेडिङ प्रालिले बिक्री गर्छ । 

महिन्द्रा

अग्नि इनकर्पोरेटले भारतीय सवारी उत्पादक महेन्द्राका प्यासेन्जर सवारी नेपाली बजारमा बिक्री गर्दैआएको छ । 

ल्यान्ड रोभर

बेलायतको सवारी ब्रान्ड ल्यान्ड रोबरका गाडी धेरै पहिलेदेखि नै नेपाली सडकमा गुड्दैआएका छन् । किशोर गेयरले ल्यान्ड रोभरका सवारी नेपाली बजारमा बिक्री गर्दैआएको छ । 

प्यूजो

फ्रान्सको वलासी गाडी निर्माता प्यूजोका सवारी पनि नेपाली बजारमा उपलब्ध छन् । प्यूजो ब्रान्ड नेपालमा संग्रिला मोटर्सले बिक्री गर्दैआएको छ । 

हमर

अमेरिकी सवारी उत्पादक कम्पनी जनरल मोटरको स्वामित्वमा रहेको हमरका सवारीसमेत नेपाली सडकमा गुड्छन् । हमरका गाडी सीमित संख्यामामात्र रहेका छन् । 

मर्सिडिज बेन्ज

मर्सिडिजका बसदेखि कारसम्म नेपाली सडकमा गुड्दैआएका छन् । हिप्पी एजमा हिप्पीले चढेर आएका मर्सिडिजका बस गत फागुन १७ गतेदेखि २० वर्ष पुराना सवारीमा प्रतिबन्ध लगाउनुपूर्व रुटमै चल्दैआएका थिए । मर्सिडिज बेन्जका गाडीको आधिकारिक बिक्रेता भने छैनन् । 

सेब्रोले

अमेरिकी सवारी उत्पादक सेब्रोलेका कार नेपालमा गुड्दैआएका छन् । विगतमा सेब्रोलेको आधिकारिक बिक्रेता रहेको भए पनि हाल विवादका कारण नयाँ कार भित्रन सकेको छैन । 

जगुअर ल्यान्ड रोबर

भारतीय सवारी उत्पादक टाटाको स्वामित्व रहेको बेलायती ब्रान्ड जगुअर ल्यान्ड रोबरका कारसमेत नेपाली सडकमा गुड्दैआएका छन् ।

पेरोडुवा

मलेसियन सवारी उत्पादक पेरोडुवाका सवारी नेपाली बजारमा नेमलिंक इन्टरनेसनल ट्रेडर्सले बिक्री गर्दैआएको छ । 

बीएमडब्लू

जर्मन सवारी उत्पादक बीएमडब्लूका कारसमेत नेपाली सडकमा गुड्दैआएका छन् । आधिकारिक बिक्रेता नभए पनि व्यवसायीले मागअनुसार मगाउँदै आएका छन् । 

प्रोटोन

मलेसियन सवारी कम्पनी प्रोटोनका कार नेपाली बजारमा उपलब्ध छन् । 

ओपेल

जर्मन सवारी निर्माता कम्पनी ओपेलका सवारीसमेत नेपाली सडकमा देख्न पाइन्छ । यी गाडीहरू धेरै पहिले भित्रिएको हन् । अहिले भने यो कार नेपालमा आउँदैनन् । 

सुबारु

सुबारुका सवारी नेपाली सडकमा गुड्दैआएका छन् । तुलनात्मक रुपमा महंगो रहेको सुबारु गाडीको नेपालका लागि आधिकारिक बिक्रेता विजय मोटर रहेको छ । 

एमजी

बेलायती कम्पनी मोरिस ग्यारेजका (एमजी) का एसयूभी र कार नेपाली बजारमा बिक्री वितरण हुँदै आएको छ । प्यारामाउन्ट मोटर्सले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको एमजीका गाडी निकै पपुलर हुँदै गएको छ ।

माज्दा

जापानी प्रिमियम सवारी उत्पादक माज्दाका गाडी लामो समयदेखि नेपाली सडकमा गुड्दैआएका छन् । माज्दाका गाडी मद्यश्री प्रालिले उपलब्ध गराउँदैआएको छ ।

साङयोङ

दक्षिण कोरियाली सवारी उत्पादक साङयोङका कार नेपाली सडकमा गुड्दैआएका छन् । साङयोङका गाडी आईएमएस मोटर्सले उपलब्ध गराउँदैआएको छ । 

रेनो

फ्रान्सेली कार निर्माता कम्पनी रेनोका गाडी गतवर्षदेखि नेपाली बजारमा आधिकारिक बिक्रेतामार्फत् भित्रिएको हो । एड्भान्स अटोमोबाइलले रेनो बिक्री गर्दैआएको छ । 

चाइनिज ब्रान्ड

केही वर्षअघि करिब एक दर्जन चिनियाँ ब्रान्डका सवारी नेपाली बजारमा भित्रिएका थिए । जोते, चेरी, ग्रेटवाललगायत ब्रान्ड भित्रिएको थियो ।


Back_to_top