जोखिममा ट्राफिक प्रहरीको स्वास्थ्य, बीमा गर्न माग (भिडियोसहित)

काठमाडौं । दिनभरिको थकान, धूलो–धूवाँले अस्वस्थ बनेको शरीर लिएर हरेक दिन सडकमा सवारी सुक्षाका लागि खटिने ट्राफिक प्रहरीको दैनिकी निकै कठिन रहेको छ । 

‘बाँच्नका लागिका संघर्ष गर्नुपर्यो, सडकमा बस्दा न खानेपानीको व्यवस्था छ, न शौचालयको, ट्राफिक लाईट छैनन्, बुङबुङ उड्ने धूलोमा नाङ्गो मुख, नाक र आँखाले काम गर्नुपर्छ’ नाम बताउन नचाहने कोटेश्वरमा कार्यरत ट्राफिक प्रहरीको गुनासो हो यो । 

नागरिकमा सवारी व्यवस्थितरुपमा चलाउने, हर्न नबजाउने, जथाभावी नथुक्ने, कालो धूवाँ फाल्ने सवारी नचलाउनेजस्ता बानीको विकास भए ट्राफिक व्यवस्थापन अलिक सहज हुन्थ्यो ।

‘नाक–कान आँखामा समस्या देखिएको छ । कतिपय साथीलाई पायल्सको समेत समस्या भेटेका छौं । कम्तीमा पनि स्वास्थ्य बीमाको व्यवस्था सरकारले गरिदिए हुन्थ्यो’, उनले गुनासो गरे । स्वास्थ्य बीमा प्रभाबकारी गराउन पनि यसरी सडकमा बसेर सुरक्षा दिने जनशक्तिको बीमा गर्न आवस्यक रहेको छ । 

‘नागरिकमा सवारी व्यवस्थितरुपमा चलाउने, हर्न नबजाउने, जथाभावी नथुक्ने, कालो धूवाँ फाल्ने सवारी नचलाउनेजस्ता बानीको विकास भए ट्राफिक व्यवस्थापन अलिक सहज हुन्थ्यो’, महानगरीय प्रहरी महाखाशाका सहप्रवक्ता मुकुन्द मरासिनीले मेरोअटोसँग भने । 

देशभर ट्राफिक प्रहरीको दरबन्दी २ हजार ३ सय ६५ रहेको छ । यो संख्या नेपालको सम्पूर्ण प्रहरी संख्याको ३ दशमलव २५ प्रतिशत हो । 

त्यसमध्ये काठमाडौं उपत्यकामामात्रै १ हजार ८५ प्रहरी कार्यरत छन्, एक जनाले ९ सय ६१ सवारीसाधन हेर्नुपर्ने बाध्यता छ ।

एउटा ट्राफिक प्रहरीले कुल सडकमध्येको ४१ किलोमिटर सडक तथा १२ सयको हाराहारीमा सवारी व्यवस्थापन गर्नुपर्ने चुनौति रहेको छ । 

काठमाडौं उपत्यमा १ हजार ५ सय ९४ किलोमिटर सडक रहेको छ भने, एउटा प्रहरीले करिब दैनिक ९ देखि १६ घण्टासम्म खटिनुपर्ने अवस्था रहेको र अहिले ३८ एकाइबाट ट्राफिक व्यवस्थापन हुँदैआएको छ, मरासिनीले जानकारी दिए ।

‘यहाँको सडक तथा सवारी व्यवस्थापन गर्न अहिले भइरहेको जनशक्ति पर्याप्त छ, तर प्रविपधको अभावका कारण थुप्रै समस्या निम्तिएका छन्’ उनले गुनासो गरे ।

अझ उपत्यका बाहिरको अवस्था निकै कमजोर रहेको छ । एउटा ट्राफिक प्रहरीले कुल सडकमध्येको ४१ किलोमिटर सडक तथा १२ सयको हाराहारीमा सवारी व्यवस्थापन गर्नुपर्ने चुनौति रहेको छ । 

पश्चिमाञ्चल ट्राफिक कार्यालय बुटवलमा २ सय ७९, मध्यपश्चिमाञ्चल ट्राफिक कार्यालय कोलपुरमा १ सय ९२, सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियामा १ सय ३३, पूर्वक्षेत्रीय ट्राफिक कार्यालय २ सय ९० तथा मध्यमाञ्चल ट्राफिक कार्यलय पथलैयामा ४ सय २ जना ट्राफिक प्रहरी कार्यरत छन् ।


Back_to_top