नाडाका नवनिर्वाचित कार्यसमितिद्धारा पदभार ग्रहण

काठमाडौं । नाडाको नयाँ कार्यसिमितले आज पद तथा गोपिनयताको सपथसँगै आफ्नो कार्यभार संहालेको छ । नाडाका  निवर्तमान अध्यक्ष अञ्जन श्रेष्ठले नबनिर्वाचित अध्यक्ष शम्भुप्रसाद दाहाललाई पदतथा गोपनियताको सपथ गराएका हुन् । 

२ बर्षे कार्यकाल रहने नाडा कार्यसमितिको पदाधिकारी चयन आजै बस्ने कार्यसमितिको बैंठकले गर्ने छ । 

साथै नाडाको नियमित क्यालेन्डरमा रहने नाडा अटोशोको संयोजकसमेत आजै तोक्नेगरी तयारी भइरहेको जानकारी प्राप्त भएको छ । 


Back_to_top