नयाँ बर्षमा यूएम बाइकको खरिदमा २० हजारसम्म छुट

काठमाडौं । आईएमई अटोमोटिभ्सले युएम बाइकमा नयाँ बर्ष २०७५ लाई लक्ष्तिगर्दै “नयाँबर्ष नयाँ उमङ्ग , यूएम चढी सबै दङ्ग” योजना ल्याएको छ । 

यस स्किम् अन्तर्गत हरेक यूएम बाईकको खरिदमा स्क्याचकार्ड प्राप्त गर्न सक्ने छन् । त्यसमा २० हजारसम्मको रकम जित्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ । 

यो योजना नेपालभर लागु रहेको र हरेक यूएम आउटलेटमा यहि चैत्र २५, २०७४ देखि बैशाख ३१ सम्म जारी रहने कम्पनीले जनाएको छ । 


Back_to_top