काठमाडौं । आज बसेको नाडा अटोमोबाइल एसोसिएशन अफ नेपालकाे कार्यसमितिले पदाधिकारीहरुको टुङ्गो लगाएको छ । पदाधिकारीमा उपाध्यक्षमा कृष्णप्रसाद दुलाल, प्रकाश कपुरी, ध्रुबबहादुर थापा र नारायणप्रसाद कँडेल चुनिएका छन् । नाडाको विधान अनुसार ४ जना उपाध्यक्ष रहने ब्यवस्था रहेको छ ।
त्यसैगरि, महासचिबमा सुनिल रिजाल, सचिबमा अनुपकुमार बराल, कोषध्यक्षमा सुरेन्द्रकुमार उप्रेति र सहकोषध्यक्षमा बिक्रम सिंघानीया चुनिएका छन् ।
साथै, आज नै बिभिन्न समितिहरु समेत गठन गरिएको छ । जसमा भवन निर्माण समितिमा पूर्व अध्यक्ष शेखर गोल्छा, विधानसंशोधन समितिमा निर्वतमान अध्यक्ष अञ्जन श्रेष्ठ, प्रचार प्रसार समितिमा अनुपकुमार बराल, सदस्यता सुद्धिकरण तथा वृद्धि समितिमा सुरेन्द्रकुमार उप्रेति, टायर समितिमा विक्रम सिंघानिया, लुब्रिकेन्ट समितिमा कृष्णप्रसाद दुलाल र कन्ट्रक्सन इक्युपमेन्ट समितिमा सुरज भट्टराई चुनिएका छन् ।
स्पेयर पार्टस् समितिमा सुनिल रिजाल, टु हुइलर समितिमा अभिक ज्योति, भेइकल कमिटिमा करणकुमार चौधरी, रोड सेफ्टी समिति राजनबाबु श्रेष्ठ, राजस्व समितिमा आकाश गोल्छा चुनिएका छन् ।
त्यस्तै नाडा अटो शो संयोजक समितिमा निराकार श्रेष्ठ चुनिएका छन् ।

